काठमाडौं महानगरको निर्देशन– ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू्

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ ।   आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो । अन्यथा महानगर आफैंले हटाउने चेतावनीसमेत दिइएको छ […]

पुरा पढ़नुश

आर्थिक विधेयक पारित

काठमाडौं, १७ असार । प्रतिनिधिसभाले ‘आर्थिक विधेयक, २०८०’ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्वीकृत गरेको  । उक्त विधेयक पारित भएपपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेकाक छन् ।

पुरा पढ़नुश

ट्विटरमा दैनिक सीमा तय: अप्रमाणीकरण खातावालाले हजार ट्वीट मात्र पढ्न पाउने

ट्विटरका मालिक एलोन मस्कले शनिबार ट्वीटर पोस्ट पढ्ने सीमा तोकेका छन्।   मस्कले भने, ‘भेरिफाईड प्रयोगकर्ताले अब एक दिनमा १० हजार पोष्ट मात्र पढ्न सक्नेछन् । अप्रमाणित प्रयोगकर्ताले १ हजार पोष्टहरू, जबकि नयाँ अप्रमाणित प्रयोगकर्ताहरूले दैनिक ५ सय पोस्ट मात्र पढ्न सक्षम हुनेछन्।   वास्तवमा, शनिबार धेरै प्रयोगकर्ताहरूले ट्विटरले काम नगरेको गुनासो गरे। वेबसाइट खोल्ने बित्तिकै […]

पुरा पढ़नुश

ओलीसँग पार्टी ब्रेक हुनु दुःखद, फेरी नेकपा ब्युताउँ: प्रचण्ड

भक्तपुर, १७ असार ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको नयाँं यात्रा तय गर्न सवैसँंग आग्रह गरेका छन् ।   यसका लागि टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरुलाई एकताको दिशामा अगाडि वढ्न उनले आह्वान गरेका छन् ।   नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता रामविलाश जोशीको स्मृतिमा भक्तपुरको मध्यपुर थिमिमा भएको रामविलाश जोशी स्मृति […]

पुरा पढ़नुश

फ्रान्समा प्रहरीको गोलीले मारिएका किशोरको अन्तिम संस्कारमा सयौं युवा सहभागी,फ्रान्सको हिंसा बेल्जियम पुग्यो, फ्रान्सेली राष्ट्रपतिको जर्मन भ्रमण स्थगित

पेरिस, १७ असार । फ्रान्सेली सहर नान्तेरेमा प्रहरी अधिकारीले गोली हानेका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ ।   नाहेलको अन्त्येष्टिमा ठूलो संख्यामा युवाहरुको सहभागिता थियो र आँसुका आँखाले बिदाइ गरेका थिए । मिडिया रिपोर्टका अनुसार सयौं युवाहरूको समूह मस्जिदबाट चिहानमा गएका थिए । यस अवधिमा मानिसहरूले ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका […]

पुरा पढ़नुश

आज श्री एअरलाइन्सका सबै उडान स्थगित

काठमाडौं, १७ असार । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एअरलाइन्स प्रालिले आज आइतवारका लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेर बिमान परिक्षण गर्ने भएको हो ।   एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतवारका सबै उडान स्थगित गरिएको छ । उनका अनुसार श्री एअरलाइन्सका […]

पुरा पढ़नुश

छत्तिसगढमा धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा

नयाँदिल्ली, १७ असार । छत्तीसगढको बालोदमा चौथो बच्चा जन्माउने तयारी गरेको आरोपमा एक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ ।   प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौथो सन्तान आउन लागेको बेला पीता प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो । हवल्दारले आफनी श्रीमतीको सुत्केरी भएको भन्दै ८ दिन बिदा मागेका थिए । परिवारका सदस्यको संख्या […]

पुरा पढ़नुश

रविना टण्डनकी छोरी पनि फिल्ममा, अजय देवगनसँग डेब्यु गर्दै

मुम्बइ, १७ असार । बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् ।   आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु गर्दैछिन् । हालै राशालाई उनको अफिस बाहिर देखियो, त्यसपछि यस विषयमा चर्चा सुरु भयो तर […]

पुरा पढ़नुश

बाग्मती प्रदेश बैठक बस्दै, सहमति हुनेमा अझै आशंका

हेटौडा, १७ असार । बागमती प्रदेशसभाको बैठक बस्दैछ ।   प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउसो २ बजे बोलाइएको छ  ।   गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग […]

पुरा पढ़नुश

पूर्ण छात्रवृतिका लागी ज्ञानदा एकेडेमीले लियो १ हजार भन्दा बढि विद्यार्थीको छात्रवृत्ति परीक्षा।

बिरगंज ,१७ असार । वीरगञ्जको ज्ञानदा एकेडेमीले कक्षा ११ का लागि शनिबार पूर्ण छात्रवृत्ति परीक्षा लिएको छ । नयाँ शैक्षिक सत्रका लागि एसइई दिइसकेका र ज्ञानदा एकेडेमीमा भर्ना भएर कक्षा ११ पढ्ने इच्छुक विद्यार्थीहरूका लागि एकेडेमीले शनिवार छात्रवृत्ति परीक्षा लिएको हो । परीक्षामा एक हजारभन्दा बढी विद्यार्थीले भाग लिएको एकेडेमीले जनाएको छ । ‘सम्भवतः वीरगञ्जको […]

पुरा पढ़नुश