चाडपर्व लक्षित संयुक्त गस्ती परिचालन, सर्लाहीमा सुरक्षा व्यवस्था कडा

सर्लाही, कार्तिक ६ । तिहार र छठपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहत इलाका प्रहरी कार्यालय लालबन्दीले शान्ति सुरक्षा सुदृढ पार्ने उद्देश्यले संयुक्त गस्ती संचालन गरेको छ। चाडपर्वको समयमा हुन सक्ने हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी, लुटपाट जस्ता कुनै पनि अवाञ्छित घटना तथा आपराधिक गतिविधिहरू रोकथाम गर्न नेपाली सेना र नेपाल प्रहरीले संयुक्त […]

पुरा पढ़नुश

बालकोट पुगेका केपी शर्मा ओली : “घर जलेको छ, तर नीति, सिद्धान्त र विश्वास अझै बाँकी छन्”

काठमाडौ , कात्तिक ५ गते। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नै जलेको निवास बालकोट पुगेका छन्। जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरी ध्वस्त पारिएको आफ्नो घरको अवलोकन गर्दै ओली निकै भावुक बनेका थिए। अवलोकनपछि ओलि भाबुक थिए र उनले भने “राष्ट्रको नाममा सुम्पिएको मेरो बालकोटको घर लुटिएको, ध्वस्त पारिएको र […]

पुरा पढ़नुश

सुनसरीमा प्रतिबन्धित लागू औषध र गाँजासहित तीन जना पक्राउ

सुनसरी, कार्तिक ५ गते। सुनसरी जिल्लाका दुई विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागू औषध र ठूलो परिमाणको गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले भारत सुपौलका २० वर्षीय नवि हुसेन र सप्तरीका १९ वर्षीय मोहमद खुसिदलाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले ब्राउन सुगर ५३० मिलिग्राम बरामद गरेको जनाएको छ। […]

पुरा पढ़नुश

बहुला कुकुरको आतंक : बारामा ५२ जनालाई टोके, प्रहरीको सतर्कता र नियन्त्रण आदेश

बारा, ५ कार्तिक । बारा जिल्लाको कलैया क्षेत्रमा एक बहुला (पागल) कुकुरको आतंक फैलिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। कालो र सेतो रङको सो कुकुरले मंगलबार दिनभर विभिन्न स्थानहरूमा आक्रमण गरी हालसम्म ५२ जना सर्वसाधारणलाई टोकेको प्रहरीले पुष्टि गरेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार उक्त कुकुरले कलैया भरत चौकबाट सुरु गरी बसतपुर, घोगलरिया, बरेवा टोल, सिसहनिया लगायतका क्षेत्रमा […]

पुरा पढ़नुश

मकवानपुरमा जुवातास खेलिरहेका ५ जना पक्राउ, नगद र तास बरामद

मकवानपुर, ४ कात्तिक । मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–४ थाहा चोकस्थित पदम खाजा घर पछाडि बनेको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। (Advrts) प्रहरीका अनुसार मिति २०८२।०७।०३ गते साँझ ५ बजे विशेष सूचनाको आधारमा गरिएको छापामारीका क्रममा प्रहरीले खेलमा […]

पुरा पढ़नुश

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विर्ताका प्रहरी निरीक्षक सुबेदीद्वारा सरसफाई अभियान सम्पन्न

पर्सा, ४ कात्तिक। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज वडा प्रहरी कार्यालय विर्ता, पर्साको आयोजनामा र हेल्प टुगेदर फाउन्डेशन पर्साको सहकार्यमा वीरगंज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम प्रहरी निरीक्षक बिक्रम सुवेदीको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय भद्रभलाद्मी, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। […]

पुरा पढ़नुश

इजरायलमा मारिएका नेपाली युवक विपिन जोशीको शव घर फर्किँदा सिंगो टोल शोकमग्न

कञ्चनपुर, ४ कात्तिक । तिहारको रौनकले देशभर उज्यालो फैलिँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा भने गहिरो सन्नाटा छाएको छ। दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशीको शव आइतबार राति घर पुगेको छ। जोशी हमासको नियन्त्रणमा परेपछि हत्या भएको पुष्टि भएपछि उनको घर शोकमा डुबेको हो। सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल […]

पुरा पढ़नुश

कर्तव्य पालनमा खटिएका प्रहरीमाथि आक्रमण र हतियार लुटपाट गर्ने आरोपी पक्राउ

काठमाडौं, ४ कार्तिक। कर्तव्य पालनको क्रममा बर्दीमा रहेका प्रहरीमाथि आक्रमण गरी आगजनी, तोडफोड र हतियार लुटपाट गर्ने अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार मिति २०८२ साल भदौ २४ गते भएको प्रदर्शनका क्रममा विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने समूहमा संलग्न रही प्रहरीले पक्राउ गरेको व्यक्तिको नाम गौतम घिसिङ (४८ वर्ष) रहेको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराका एसपी केसिको नेतृत्वमा ६ लाख भन्दा बढीका अवैध सामान बरामद

बारा, ३ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण, हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसिको निर्देशनमा अवैध सामान नियन्त्रण तथा तस्करी रोकथाम अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूबाट अन्दाजी रु. ६ लाख १० हजार बराबरका भन्सार छलिएका सामानहरू बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। जिल्लाका विभिन्न सिमानाका तथा राजमार्ग क्षेत्रमा खटिएका सशस्त्र […]

पुरा पढ़नुश

तिहार र छठपर्वलाई लक्षित गर्दै पर्सा प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा (प्रशिक्षित कुकुरद्वारा सिमानाका चेकजाँचमा कडाइ)

पर्सा, ३ कार्तिक । तिहार र छठपर्वलाई शान्तिपूर्ण र सुरक्षात्मक वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ पर्सा प्रहरीले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकका अनुसार, पर्वको समयमा गैरकानुनी गतिविधि, तस्करी, तथा विस्फोटक पदार्थको आवतजावत हुन सक्ने आशंकाका कारण विशेष सुरक्षा योजना तयार गरी सम्पूर्ण जिल्लामा […]

पुरा पढ़नुश