ईन्सपेक्टर सुवेदीले जिम्मेवारी सम्हाले लगत्तै बिर्ता प्रहरीले नियन्त्रणमा लियो करिब २० लाख बराबरको औषधि र अवैध सामान

बिरगंज, ३ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय बिर्ताका नयाँ प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीले आइतबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हालेको पहिलो दिनमै उनले नेतृत्व गरेको बिर्ता प्रहरीले करिब २० लाख रुपैयाँ बराबरको औषधि तथा अवैध सामान नियन्त्रणमा लिने उल्लेखनीय सफलता हात पारेको छ । नेपाल प्रहरी […]

पुरा पढ़नुश

पर्सामा प्रहरीद्वारा विशेष पूजासहित कुकुर तिहारको उल्लासपूर्ण रूपमा मनाइयो

पर्सा, ३ कार्तिक । कुकुर तिहारको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साले आज विशेष पूजापाठ गरी प्रहरीका साथीस्वरूप कुकुरहरूसँग श्रद्धा र स्नेह प्रकट गर्दै कुकुर तिहार उत्साहपूर्वक मनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा आयोजित कार्यक्रममा प्रहरी कार्यालयमा रहेका कुकुरहरूलाई माला लगाई, टीका गरी र विभिन्न परिकार खुवाई सम्मान […]

पुरा पढ़नुश

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी पर्साको सुरक्षा व्यवस्था कडा ,प्रशिक्षित कुकुरद्वारा सिमानाका चेकजाँचमा कडाइ

पर्सा, २ कार्तिक । तिहार र छठपर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सशस्त्र प्रहरी बल, नेपाल पर्साले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ। सशस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टका अनुसार, पर्वका बेला विभिन्न गैरकानुनी गतिविधि हुन सक्ने आशंकाका कारण विशेष सुरक्षा योजना तयार गरी जिल्लाभरका नाकानाकामा कडाइ गरिएको हो। एसपी भट्टले जनाएअनुसार, […]

पुरा पढ़नुश

तिहारमा छालाको सुरक्षा : छाला रोग विशेषज्ञ डा. अतुलेश कुमार चौरसियाको दृष्टिकोण

बिरगंज, कार्तिक २ । नेपालको सबैभन्दा रमाइलो तथा रंगीन पर्व तिहार नजिकिँदै गर्दा घर–घरमा सफाइ, बत्ती र रङ्गहरूको चहलपहल सुरु भइसकेको छ। यस पर्वमा दियो बाल्ने, रंगोली सजाउने, मिठाई खाने, र देउसी–भैलो खेल्ने परम्परा सँगै शरीर र छालाको स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै आवश्यक हुन्छ। यसै सन्दर्भमा छाला रोग विशेषज्ञ डा. अतुलेश कुमार चौरसियाले तिहारको […]

पुरा पढ़नुश

बारा सशस्त्रका एसपी केसीको तस्करी संजालमाथि कडा प्रहार : कपडा र किराना सामग्रीसहित रु. ६ लाख भन्दा बढीका सामान बराम

बारा, २ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण मुख्यालय, बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा संचालित तस्करी नियन्त्रण अभियान अन्तर्गत सशस्त्र प्रहरीले बाराका विभिन्न नाकाहरूबाट ठूलो परिमाणमा भन्सार छलिएका अवैध सामानहरू बरामद गरेको छ। गणपति केसीले सिमानाक्षेत्रमा तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीहरूलाई परिचालन गरी भारतबाट अबैध रूपमा नेपाल भित्र्याइएका कपडा […]

पुरा पढ़नुश

रसुवागढी बाढीमा उद्धारका क्रममा वीरगति प्राप्त प्रहरी जवान लोकेन्द्र बोहरा प्रति भावपूर्ण श्रद्धाञ्जली

काठमाडौ , २ कार्तिक । जिल्ला रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी ल्हेन्दे खोलामा मिति २०८२ असार २४ गते आएको भीषण बाढीमा उद्धार कार्यमा खटिएका प्रहरी जवान लोकेन्द्र बोहरा वीरगति प्राप्त भएका छन् । आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको ज्यान र सम्पत्ति जोगाउने महान् कर्तव्य निर्वाह गर्ने क्रममा उहाँले सर्वोच्च बलिदान गर्नुभएको हो । वीरगति प्राप्त […]

पुरा पढ़नुश

पथलैयामा भीषण सवारी दुर्घटना : दुई जनाको मृत्यु

बारा, २ कात्तिक । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डुङग्रे पुल नजिक आज मध्यराति भएको भीषण मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । कात्तिक २ गते राति करिब १२:१५ बजे पथलैया बाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डुङग्रे पुलको रेलिङमा ठोक्किँदा दुर्घटना भएको […]

पुरा पढ़नुश

पर्सा प्रहरीले तीव्र बनायो प्रतिबन्धित पटाका नियन्त्रण अभियान, १२ लाख मूल्यका पटाका नष्ट

बिरगंज, १ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित पटाका नियन्त्रण अभियानलाई तीव्रता दिँदै विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले विभिन्न मितिमा जाँचका क्रममा बरामद गरेका अन्दाजी रू. १२ लाख बराबरका वेवारिसे पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ। मिति २०८२ साल कार्तिक १ गते जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणभित्र स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहवरमा ती पटाकाहरू नष्ट […]

पुरा पढ़नुश

भन्सार छलि नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता : बाराका विभिन्न स्थानबाट रू. ५ लाख ९० हजार बराबरको अबैध सामान र काठ बरामद

बारा, १ कार्तिक । सशस्त्र प्रहरी बल, नेपाल बाराका प्रमुख एसपी खुमबहादुर केसीको नेतृत्वमा जिल्लाभर तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। यही अभियान अन्तर्गत सशस्त्र प्रहरीको विभिन्न बिओपी (BOP) तथा सुरक्षा गुल्मबाट खटिएका टोलीहरूले पछिल्लो केही दिनमा रू. ५ लाख ९० हजार बराबरको भन्सार छलिएका अवैध सामानहरू र काठ बरामद गरेका छन्। विभिन्न स्थानबाट सामान […]

पुरा पढ़नुश

बिर्ता प्रहरी निरीक्षक चौलागाईंको नेतृत्वमा पौने दश लाख बराबरका भन्सार छलीका सामान बरामद

बिरगंज, ३१ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी नियन्त्रण अभियानलाई थप तीव्र बनाउँदै पौने दश लाख रुपैयाँ बराबरका भन्सार छलीका विभिन्न सामानहरू बरामद गरेको छ। प्रमुख जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी एसपी सुदिपराज पाठकको निर्देशनमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको टोलीले उक्त सफलता […]

पुरा पढ़नुश