चिनले बनायाे रोबोटिक सिपाही, भन्यो, ‘अब युद्द मान्छेले होइन्, रोबोटले लडछ’

बेइजिङ, २२ साउन । चिनियाँ सेना पीएलएले ‘रोबोट उल्फ’ लाई आफ्नो सैन्य कार्यक्रममा समावेश गरेको छ।   हिजो सेनाका जवानहरूले ‘रोबोट उल्फ’ सँग अभ्यास गरिरहेको देखाइएको छ । यसै क्रममा ‘रोबोट उल्फ’ले गोली चलाएको देखियो । साधारण सिपाहीहरू जस्तै, वुल्फले प्रत्येक सेकेन्डमा गोली चलाउँदै थिए।   ग्लोबल टाइम्सका अनुसार यो चीनको सेनालाई आधुनिकीकरण गर्ने प्रयास […]

पुरा पढ़नुश

३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, २२ साउन । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्।   नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्   नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल […]

पुरा पढ़नुश

ट्रम्पको धम्कि पछि मोदीले पठाए अजित डोभाललाई रूस

नयाँ दिल्ली, २२ साउन । अमेरिका र भारतबीच बढ्दो तनाव र रुसबारे बढ्दो कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी र तीखो टिप्पणीका बिचमा डोभालको रूस भ्रमणको महत्व अहिले रणनीतिक र राजनीतिक बन्न पुगेको छ । उनको यो भ्रमण यस्तो समयमा भइरहेको […]

पुरा पढ़नुश

भारत महदेवामा निशुल्क आँखा जाँच शिविर सम्पन्न, सामूदायिक सेवा केन्द्र छपकैयाको अगुवाइमा नेपाली-भारतीय सहभागिता

महदेवा (भारत) । साउन २२  । भारत बिहार राज्यअन्तर्गत ग्राम पंचायत महदेवामा एक भव्य निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । उक्त स्वास्थ्य सेवामूलक शिविरको आयोजना सामूदायिक सेवा केन्द्र छपकैया वार्ड नं. २, वीरगंज, नेपालको नेतृत्वमा सम्पन्न भएको हो । यस शिविरमा सयौं नागरिकले आँखा परीक्षण गराएका थिए भने केहीलाई थप उपचार तथा शल्यक्रियाको […]

पुरा पढ़नुश

एसपी केसीको नेतृत्वमा बारामा तस्करीविरुद्ध सशस्त्रको तीव्र अभियान, करिब ५ लाख बराबरको अवैध सामान बरामद

रसीद आलम बारा, २२ साउन । सशस्त्र प्रहरी बल नेपाल बाराका प्रमुख एसपी खुम बहादुर केसीको सक्रिय नेतृत्वमा जिल्लामा तस्करी नियन्त्रण अभियान तीव्र बनाइएको छ। भारतसँग सिमाना जोडिएको बाराका विभिन्न सीमा क्षेत्रहरूमा सशस्त्रको टोलीले तस्करीविरुद्ध कडा निगरानी गर्दै करिब ५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल बाराले दिएको जानकारी अनुसार, […]

पुरा पढ़नुश

डिएसपी पुजाराको तस्करी संजालमाथि कडा प्रहार : सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित अबैध सामान बरामद

वीरगञ्ज, २२ साउन । सशस्त्र प्रहरी बल नेपाल पर्साले भारतबाट भन्सार छली ल्याइएका अबैध कपडा तथा ती सामान ढुवानी गर्न प्रयोग गरिएको मोटरसाइकलसहित रु. १,६७,९००।– बराबरको सामग्री बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ। मिति २०८२।०४।२१ गते सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौबाट डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले पर्सा जिल्लाको […]

पुरा पढ़नुश

भन्सार छली गरी ल्याइएका ३ लाख ६२ हजार बराबरका सामान सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

पर्सा, साउन २१। सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छली गरी भारतबाट चोरीपैठारी गरी ल्याइएका करीब रु. ३,६२,०५०।– बराबरका अवैध सामानहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोली र बीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले मिति २०८२ साल साउन २० गते, […]

पुरा पढ़नुश

वीरगञ्ज नारायणी अस्पतालमा कुरुवामाथि प्रहरीको दुर्व्यवहार : मेयर सिंहको हस्तक्षेपपछि दोषी प्रहरीमाथि कारबाही प्रक्रिया सुरु

वीरगञ्ज, २१ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक बिरामी बालकका कुरुवामाथि अस्पतालकै प्रहरी बिटमा खटिएका प्रहरी सहायक हवलदार परमानन्द कपाजीले दुर्व्यवहार गरेकाे घटना सार्वजनिक भएपछि व्यापक चर्चा पाएको छ। मङ्गलवार अस्पतालको दोस्रो तल्लाको गल्लीमा बसेर खाना खाइरहेका बिरामी बालकका अभिभावकमाथि दुर्व्यवहार गरिएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह […]

पुरा पढ़नुश

पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ याे त यो खानी ?

  काठमाडौं, २१ साउन । क्यानडाको ब्रिटिस कोलम्बियामा सतहदेखि ५९ फिट तल तामा र सुनको भण्डार फेला परेपछि विश्वभरका खानी क्षेत्रमा नयाँ आशा जगाएको छ ।   अरोरा क्षेत्रमा तामा र सुनको यो खानी फेला परे पछि भूवैज्ञानिक रूपमा मात्र होइन, रणनीतिक दृष्टिकोणले पनि गहिरो महत्त्व छ। ब्रिटिश कोलम्बियाको उत्तरी भागमा रहेको ‘अरोरा’ नामक क्षेत्रले […]

पुरा पढ़नुश

सप्तरीमा तस्कर र प्रहरी बिच भिडन्त, प्रहरीको गोली लागी एकको मृत्यु

सप्तरी, २१ साउन । प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । प्रहरी गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो तर उपचारकै क्रममा उनको ‌मृत्यु भएको हाे ।     जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी […]

पुरा पढ़नुश