निर्वाचन सुरक्षा तयारीबारे बालुवाटारमा उच्चस्तरीय समीक्षा, नागरिकलाई ढुक्क भएर मतदान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे बालुवाटारमा उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको बताएकी छन्। प्रधानमन्त्री कार्कीका अनुसार आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल तथा समीक्षा गरिएको हो। बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थाको अवस्था तथा सम्भावित चुनौती र जोखिमका विषयमा गम्भीर छलफल भएको […]

पुरा पढ़नुश

पर्सा–१ मा कांग्रेस उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानमा जनताको भव्य स्वागत

पर्सा, ११ फागुन । नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानलाई स्थानीय जनताले भव्य स्वागत गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ चोर्नीमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरू उत्साहपूर्वक सहभागी हुँदै रुङटालाई फूलमाला, अबिर तथा नारासहित अभिनन्दन गरेका थिए। घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले आफ्नो उम्मेदवारी क्षेत्रको समग्र विकासका […]

पुरा पढ़नुश

वीरगञ्ज घटनापछि सर्वदलीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याइने, सामाजिक सद्भाव कायम राख्न आह्वान

पर्सा, ११ फागुन । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार साँझ मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवादपछि उत्पन्न तनाव र कर्फ्युको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय तथा सर्वदलीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालको नेतृत्वमा बसेको बैठकले घटनामा संलग्न दोषी पक्षलाई कानुनी दायरामा ल्याउने, सामाजिक सद्भाव कायम राख्ने तथा भड्काउ […]

पुरा पढ़नुश

मोटरसाइकल पार्किङ विवादले उग्र रूप लिँदा बिरगंज -११ श्रीपुरमा झडप, अहिले कर्फ्यु जारी ।

पर्सा, ११ फागुन। वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा आइतबार साँझ मोटरसाइकल पार्किङको विषयलाई लिएर सुरु भएको सामान्य विवाद उग्र रूप लिँदा झडपमा परिणत भएको छ। घटनापछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरेको छ। पार्किङबाट सुरु, कुटपिटमा परिणत प्राप्त जानकारीअनुसार मोटरसाइकलमा आएका एक युवकले चारपाङ्ग्रे सवारीसाधन नजिकै मोटरसाइकल पार्किङ गरेका थिए। सो […]

पुरा पढ़नुश

वीरगञ्जमा राप्रपा उम्मेदवार नन्दू श्रीवास्तवको घरदैलो अभियान तीव्र

पर्सा, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नन्दू श्रीवास्तवले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ अन्तर्गत मुर्ली टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलो अभियानका क्रममा उम्मेदवार श्रीवास्तवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना, प्रतिबद्धता र चुनावी एजेण्डाबारे जानकारी गराएका थिए। उनले क्षेत्रको समग्र विकास, […]

पुरा पढ़नुश

कांग्रेस परित्याग गर्दै चिन्टु मल्लिक निस्कृय, सामाजिक सञ्जालमार्फत गरे घोषणा

वीरगञ्ज, १० फागुन । पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी चिन्टु मल्लिकले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन्। चुनावी चहलपहलको महौलमा उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टी छाडेको जानकारी दिएका हुन्। मल्लिकले फेसबुकमा लेख्दै मिति २०८२ फागुन १० गतेदेखि आफू नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी […]

पुरा पढ़नुश

नेपाल–भारत सीमावर्ती सुरक्षा समन्वय बैठक सम्पन्न, निर्वाचन र सीमा अपराध नियन्त्रणमा संयुक्त प्रतिबद्धता

पर्सा, १० फागुन । आगामी मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको महत्वपूर्ण बैठक सम्पन्न भएको छ। मिति २०८२ फागुन ९ गते पर्सा जिल्लामा आयोजित उक्त बैठकमा पर्सा र बारा जिल्लाका सुरक्षा निकायका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो […]

पुरा पढ़नुश

वीरगञ्ज–३१ शोलखपुरमा राप्रपा उम्मेदवार नन्दू श्रीवास्तवको घरदैलो, स्थानीयसँग प्रत्यक्ष संवाद

पर्सा, फागुन १०। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार नन्दू श्रीवास्तवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित शोलखपुर टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। निर्वाचन प्रचार–प्रसारलाई तीव्र बनाउने क्रममा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार श्रीवास्तवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्नो प्रतिबद्धता र योजनाबारे जानकारी गराएका थिए। घरदैलोका […]

पुरा पढ़नुश

वीरगञ्ज–२३ मा एमालेको बलियो उपस्थिति, जसपाका जिल्ला सदस्य जमुना यादवसहित नेता–कार्यकर्ता एमाले प्रवेश

पर्सा, फागुन ९। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवको उपस्थितिमा वीरगञ्ज महानगरपालिका–२३ मा उल्लेखनीय पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) पर्साका जिल्ला सदस्य तथा पूर्व गाविस अध्यक्ष जमुना यादव सहित भोला यादव, कलीम मियाँ, मनोज यादव लगायतका नेता–कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका […]

पुरा पढ़नुश

उम्मेदवारसँग सशस्त्र प्रहरीको ‘ह्वाट्सएप कनेक्ट’: पर्सामा निर्वाचन सुरक्षा समन्वय थप प्रभावकारी

पर्सा, ९ फागुन । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले उम्मेदवारहरूसँग प्रत्यक्ष सम्पर्कको नयाँ शैली अपनाएको छ। गणले चारैवटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई ह्वाट्सएपमार्फत निर्वाचन सुरक्षा सम्बन्धी जानकारी, सम्पर्क नम्बर र समन्वयका लागि सन्देश पठाएर सुरक्षा समन्वयलाई थप चुस्त बनाएको हो। […]

पुरा पढ़नुश