रास्वपा उम्मेदवार हरि पन्तको प्रतिबद्धता: “हामी समस्या हैन, समाधान दिन्छौं”

पर्सा, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्त ले सहकारी पीडित बचतकर्ताको पक्षमा ठोस योजना अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै पन्तले भने, “हामी समस्या हैन, समाधान दिन्छौं।” उनले रास्वपाको सरकार बनेको सय दिनभित्रै ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिने र देशभरका […]

पुरा पढ़नुश

निर्वाचन तयारी उत्कृष्ट : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ, फागुन ८। प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङ र कास्की जिल्लामा निर्वाचनको तयारीको अनुगमन गर्दै समग्र तयारी सन्तोषजनक, उत्कृष्ट तथा उत्साहप्रद रहेको बताउनुभएको छ। प्रधानमन्त्री कार्कीले आज ती जिल्लाहरूको स्थलगत अवलोकन, निरीक्षण तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै निर्वाचन व्यवस्थापन, सुरक्षा प्रबन्ध, मतदान केन्द्रको अवस्था तथा आवश्यक सामग्रीको उपलब्धताबारे जानकारी लिनुभएको थियो। अनुगमनपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत […]

पुरा पढ़नुश

मधेश प्रदेश प्रहरी प्रमुखद्वारा पर्सामा निर्वाचन सुरक्षा सम्बन्धी नीति निर्देशन तथा अनुगमन

वीरगंज, फागुन ८ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले पर्सा जिल्लाको भ्रमण गरी सुरक्षा सम्बन्धी नीति निर्देशन तथा अनुगमन गरेका छन्। मिति २०८२ फागुन ८ गते पर्सा पुगेका डीआईजी थपलियाले जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका सुरक्षा निकायका […]

पुरा पढ़नुश

पर्सामा १६७ मतदान स्थल सिसिटिभी निगरानीमा, निर्वाचन सुरक्षा कडा

पर्सा ,८ फागुन ।आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्सा ले जिल्लाभर विशेष सुरक्षा रणनीति लागू गरेको जनाएको छ। प्रहरीका अनुसार पर्सा जिल्लामा रहेका कुल १६७ मतदान स्थलहरूलाई फागुन १७ गतेसम्म सिसिटिभी (CCTV) प्रणालीसँग जोड्ने व्यवस्था मिलाइएको छ। उक्त प्रणालीमार्फत मतदान स्थलहरूको २४ सै घण्टा निगरानी गरिनेछ, जसले […]

पुरा पढ़नुश

प्रधानमन्त्री कार्कीद्वारा प्रजातन्त्र दिवसको शुभकामना, संस्थागत सुधारमार्फत सुशासन सुदृढ गर्न आह्वान

काठमाडौं, फागुन ७ । ७६औँ प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै लोकतन्त्रलाई जीवनशैलीका रूपमा स्थापित गर्न संस्थागत सुधार आवश्यक रहेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले २००७ सालको जनक्रान्तिले नेपाली जनतालाई रैतीबाट नागरिकमा रूपान्तरण गरेको ऐतिहासिक उपलब्धिको स्मरण गरिन्। साथै, २०१५ साल फागुन ७ […]

पुरा पढ़नुश

निर्वाचन सुरक्षालाई मजबुत बनाउन पर्सामा एसपी नरेशराज सुवेदीद्वारा प्रहरीलाई ब्रिफिङ

पर्सा, फागुन ७ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले पर्सामा खटिएका निर्वाचन प्रहरीहरूलाई विशेष ब्रिफिङ गरेका छन्। निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षालाई प्रभावकारी, निष्पक्ष र भरपर्दो बनाउन आवश्यक निर्देशन दिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित ब्रिफिङ कार्यक्रममा एसपी सुवेदीले निर्वाचन अवधिभर प्रहरी […]

पुरा पढ़नुश

रमजानको अवसरमा बालेन शाहको शुभकामना : संयम, प्रार्थना र सद्भावको सन्देश

काठमाडौं ,७ फागुन । पवित्र रमजान महिनाको अवसरमा बालेन शाहले सम्पूर्ण मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै रास्वापाका बरिस्ठ नेता तथा झापा -५ प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेनले रमजानलाई संयमको परीक्षा, प्रार्थनाको शक्ति र सद्भावको सुगन्ध फैलिने पवित्र महिना भएको उल्लेख गरेका छन्। उनले यो पवित्र महिनाले समाजमा आपसी […]

पुरा पढ़नुश

वीरगञ्जका विभिन्न वडामा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो, विकास र सुशासनको प्रतिबद्धता

वीरगञ्ज, फागुन ६ ।पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका नेकपा (एमाले) उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई तीव्रता दिएका छन्। बुधबार वडा नम्बर ११ श्रीपुर र वडा नम्बर १४ बहुवरी टोलमा सम्पन्न कार्यक्रमहरूमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। वडा नम्बर ११ श्रीपुरमा आयोजित कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय […]

पुरा पढ़नुश

पशुपतिनाथमा शिवरात्रि: श्रद्धालुमाथि अभद्र व्यवहार गर्ने युवक नियन्त्रणमा

काठमाडौं, फागुन ६। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका श्रद्धालु भक्तजनमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मकवानपुर जिल्ला ठुलदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो। उनले शिवरात्रिको अवसरमा मन्दिर परिसरमा उपस्थित श्रद्धालु भक्तजनलाई अभद्र व्यवहार गर्नुका […]

पुरा पढ़नुश

टेढामा राष्ट्रिय स्वतन्त्र पार्टीको भव्य प्रवेश कार्यक्रम, उम्मेदवार हरि पन्तप्रति जनताको बढ्दो समर्थन

पर्सा, ६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) को नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेढामा भव्य पार्टी प्रवेश तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। आयोजित कार्यक्रममा स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा स्थानीय युवा, बुद्धिजीवी तथा सर्वसाधारण […]

पुरा पढ़नुश