पर्सामा अनेरास्ववियुद्वारा आयोजित चुनावी विद्यार्थी भेला भव्य रूपमा सम्पन्न

वीरगञ्ज, १६ फागुन । अनेरास्ववियु पर्साद्वारा आयोजित चुनावी विद्यार्थी भेला उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। भेलामा जिल्लाभरका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रम अनेरास्ववियु पर्साका अध्यक्ष क. सुजित मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव तथा प्रवक्ता क. समीम बाबु खानको उपस्थिति रहेको थियो। भेलामा […]

पुरा पढ़नुश

पर्सामा निर्वाचन सुरक्षाका लागि कडा आदेश: सीमानाका बन्द, होली सार्वजनिक स्थानमा मनाउन रोक, डि.जे. र प्रचार प्रसार निषेध

वीरगञ्ज, फागुन  १६ ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले अत्यन्त जरुरी आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय, निर्वाचन आयोग तथा गृह मन्त्रालयको निर्देशन र सर्वदलीय/सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल ले […]

पुरा पढ़नुश

बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने : तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगको दाबी

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगले स्पष्ट पारेको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले राष्ट्रिय समाचार समिति (रासस)को पाक्षिक कार्यक्रम ‘रासस पडकास्ट’मा बोल्दै विषम परिस्थितिमा घोषणा भएको निर्वाचन […]

पुरा पढ़नुश

प्रेस काउन्सिल नेपालको चेतावनी: दर्ता नभएका युट्युब र फेसबुकबाट निर्वाचन प्रभावित गर्ने सामग्रीप्रति कडा निगरानी

काठमाडौं, फागुन १६।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कानुनअनुसार दर्ता नभई मिडियाको आवरणमा सञ्चालित सामाजिक सञ्जालबाट भ्रामक तथा दुष्प्रचारयुक्त सामग्री सम्प्रेषण भइरहेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ। काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विशेषगरी युट्युब च्यानल, फेसबुक पेज, रिल्स लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूबाट निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले राजनीतिक दल […]

पुरा पढ़नुश

चुनावी सरगर्मी बढेसँगै पार्टी परित्याग र प्रवेश तीव्र, मकबुल अहमद कांग्रेसमा प्रवेश

वीरगञ्ज, १५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लामा दल परित्याग तथा नयाँ दलमा प्रवेश गर्ने क्रम तीव्र बनेको छ। यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी तथा नेकपा एमालेका कार्यकर्ता मकबुल अहमद नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। अहमदलाई नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङ्ग्टाले फूलमाला […]

पुरा पढ़नुश

प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा घोषणा

काठमाडौं, फागुन १५। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै नेपाल सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम २०८२ साल फागुन २० गतेदेखि फागुन २२ गतेसम्म (३ दिन) मुलुकभर सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो। निर्वाचनलाई व्यवस्थित, सुरक्षित र सहज […]

पुरा पढ़नुश

पर्सामा आजबाट मदिराजन्य पदार्थको बिक्री वितरण र सेवन पूर्ण निषेध, उल्लंघन गरे कारबाही हुने

पर्सा, १५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सूचना प्रकाशित गर्दै मादक पदार्थको बिक्री वितरण तथा सेवनले सार्वजनिक शान्ति सुरक्षा र निर्वाचनको वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले यस्तो निर्णय गरिएको जनाएको […]

पुरा पढ़नुश

चुनावी मुखमा सीमा सुरक्षामा कडाइ,सशस्त्रका  वीरगञ्ज गुल्मद्वारा करिब ५८ लाख बराबरको अवैध सामान बरामद

वीरगञ्ज, १४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्साको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थामा उल्लेखनीय कडाइ गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत नम्बर १३ गण हे.क्वा. पर्साको सक्रियतामा सीमा सुरक्षा तथा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको हो। गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको निर्देशनमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्ज […]

पुरा पढ़नुश

निर्वाचनको सन्दर्भमा पत्रकारलाई पेसागत मर्यादामा रही कर्तव्य पालना गर्न प्रेस काउन्सिल नेपालको अपिल

काठमाडौं, फागुन १४।प्रेस काउन्सिल नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पत्रकार तथा सञ्चारकर्मीलाई पेसागत मर्यादा कायम राख्दै तटस्थ भूमिका निर्वाह गर्न अपिल गरेको छ। काउन्सिलका सहप्रवक्ता तथा सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय केही पत्रकार तथा सञ्चारकर्मीले सामाजिक सञ्जालमार्फत कुनै दल विशेष वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्ने, मत दिन […]

पुरा पढ़नुश

निर्वाचन प्रचारप्रसार निषेध अवधिमा कडाइ गर्न गृह मन्त्रालयलाई आयोगको निर्देशन,मादक पदार्थ बिक्री–वितरणमा प्रतिबन्ध।

काठमाडौं, फागुन १४।निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन कडा निगरानी र आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आयोगले विज्ञप्ति जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गराउन आग्रह गरेको हो। आयोगले गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारी तथा […]

पुरा पढ़नुश