पर्सामा भारतीय नम्बर प्लेटका २० मोटरसाइकल नियन्त्रणमा

पर्सा, १९ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको छ। जिल्ला सुरक्षा समिति पर्साको निर्णयअनुसार मिति २०८२/११/१८ गतेदेखि २०८२/११/२१ गते मध्यराति १२:०० बजेसम्म पर्सा जिल्लाभरका सिमानाका बन्द गरिएको छ। भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक […]

पुरा पढ़नुश

पर्सामा निर्वाचन लक्षित सुरक्षा कडा, सशस्त्र प्रहरी बल नेपाल र सिमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती, सीमा सिल

वीरगंज, १९ फागुन। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको छ। सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सिमा सुरक्षा बल (एसएसबी) बीच संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ भने मुख्य नाकाहरूमा सीमा सिलसमेत गरिएको छ। […]

पुरा पढ़नुश

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वीरगंज सीमामा उच्च सुरक्षा सतर्कता, स्निफर कुकुरसहित कडा चेकजाँच, आज राती १२ बजेदेखि सिमा सिल।

वीरगंज, १८ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्साको वीरगंजस्थित सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था उल्लेखनीय रूपमा कडा पारिएको छ। विशेषगरी वीरगंज भन्सार क्षेत्रको मुख्य सिमानाकामा सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन सुरक्षा बेस पर्सा क्षेत्र नम्बर १ अन्तर्गत सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिकास […]

पुरा पढ़नुश

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दहालद्वारा सिमानाकाको अनुगमन

पर्सा , १७ फागुन। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दहालको नेतृत्वमा जिल्लाका विभिन्न सिमानाकाको स्थलगत अनुगमन गरिएको छ। प्रमुख जिल्ला अधिकारी दहालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदी, सशस्त्र प्रहरी बल नेपाल पर्साका एसपी मोहन बहादुर […]

पुरा पढ़नुश

Gen-Z आन्दोलनका बेला कारागारबाट फरार थुनुवा पर्साबाट पक्राउ

वीरगञ्ज, १७ फागुन। Gen-Z आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक थुनुवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। लागूऔषध मुद्दामा सजाय काटिरहेका पर्साको पकाहामैनपुर गाउँपालिका–२ मधुबनी टोल निवासी ३२ वर्षीय सुनिल सहनी फरार अवस्थाबाट नियन्त्रणमा लिइएका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्व तथा प्रहरी सहायक निरीक्षक भन्दु राय […]

पुरा पढ़नुश

पर्सा–१ मा जनमत पार्टीको शक्ति प्रदर्शन : ओमप्रकाश सरार्फको समर्थनमा सयौं युवाको भव्य मोटरसाइकल र्‍याली

वीरगंज, १७ फागुन । जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फको समर्थनमा वीरगंजस्थित पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा सयौं युवाहरूको सहभागितामा भव्य मोटरसाइकल र्‍याली निकालिएको छ। जनमत पार्टी निकट युवा दस्ता तथा जेन्जि जनमत संघको आयोजनामा शनिबार सम्पन्न र्‍यालीले चुनावी माहोललाई थप उत्साहपूर्ण र ऊर्जावान बनाएको छ। र्‍याली वीरगंजका विभिन्न स्थान हुँदै क्षेत्रका […]

पुरा पढ़नुश

पर्सामा अनेरास्ववियुद्वारा आयोजित चुनावी विद्यार्थी भेला भव्य रूपमा सम्पन्न

वीरगञ्ज, १६ फागुन । अनेरास्ववियु पर्साद्वारा आयोजित चुनावी विद्यार्थी भेला उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। भेलामा जिल्लाभरका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रम अनेरास्ववियु पर्साका अध्यक्ष क. सुजित मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव तथा प्रवक्ता क. समीम बाबु खानको उपस्थिति रहेको थियो। भेलामा […]

पुरा पढ़नुश

पर्सामा निर्वाचन सुरक्षाका लागि कडा आदेश: सीमानाका बन्द, होली सार्वजनिक स्थानमा मनाउन रोक, डि.जे. र प्रचार प्रसार निषेध

वीरगञ्ज, फागुन  १६ ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले अत्यन्त जरुरी आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय, निर्वाचन आयोग तथा गृह मन्त्रालयको निर्देशन र सर्वदलीय/सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल ले […]

पुरा पढ़नुश

बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने : तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगको दाबी

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगले स्पष्ट पारेको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले राष्ट्रिय समाचार समिति (रासस)को पाक्षिक कार्यक्रम ‘रासस पडकास्ट’मा बोल्दै विषम परिस्थितिमा घोषणा भएको निर्वाचन […]

पुरा पढ़नुश

प्रेस काउन्सिल नेपालको चेतावनी: दर्ता नभएका युट्युब र फेसबुकबाट निर्वाचन प्रभावित गर्ने सामग्रीप्रति कडा निगरानी

काठमाडौं, फागुन १६।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कानुनअनुसार दर्ता नभई मिडियाको आवरणमा सञ्चालित सामाजिक सञ्जालबाट भ्रामक तथा दुष्प्रचारयुक्त सामग्री सम्प्रेषण भइरहेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ। काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विशेषगरी युट्युब च्यानल, फेसबुक पेज, रिल्स लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूबाट निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले राजनीतिक दल […]

पुरा पढ़नुश