प्रहरी चौकी ईनार्वा द्वारा गाजा सहित एक महिला पक्राउ ।

समाचार

कार्तिक ०१ बिरगंज रसीद आलम ।
ईनार्वा प्रहरी चौकीले चेक जाचको क्रममा प्रतिबन्धित लागु औषध गाजा सहित एक महिलालाई पक्राउ गरिएको जानकारी   प्रहरी चौकी ईनार्वाको वरिष्ठ स.ई. टेक बहादुर कार्कीले दिएका छन ।
पक्राउ भएकी महिला बिरगंज म.न.पा.-१३ बर्ष ४० कि बिधा देवि तिवारी प्रतिबन्धित लागु औषध गाजा  बोकी बिरगंज बाट रक्सौलतर्फ अटोमा गइरहेको अवस्थामा शन्काराचार्य गेट बाट निज लाई नियन्त्रणमा लिइएको हो।
निज महिलाबाट पाँच किलो गाजा बरामद भएको र उनलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जानकारी कार्किले दिएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *