सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगरको सक्रियतामा ३४ लाख भन्दा बढीको पटाका नष्ट।

समाचार
रसीद आलम
वीरगन्ज, १७ कार्तिक । मधेस प्रदेशमा सशस्त्र प्रहरीले बरामद गरेको लाखौंको पटाका नष्ट गरेको जानकारी प्राप्त भएको छ। भारतबाट नेपाल भित्र्याउने क्रममा मधेश प्रदेशको ८ जिल्लाबाट बरामद गरिएको करिब ३४ लाख भन्दा बढीको पटाका सशस्त्र प्रहरीले नष्ट गरेको हो । सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयको तथ्यांक अनुसार ३४ लाख ७३ हजार २७ रुपैयाँ बराबरको विष्फोटक पदार्थ पटाका नष्ट गरिएको हो । मधेश प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरको विशेष सक्रियतामा दशै, तिहार र छठ पर्वको बेला ती पटाकाहरु बरामद गरि नष्ट गरिएको हो ।
मधेस प्रदेश सशस्त्र प्रहरीकार्यालयका अनुसार सप्तरीबाट एक लाख ५८ हजार २ सय २, सिरहाबाट ७ लाख ८० हजार २ सय २, धनुषा बाट २५ हजार, महोत्तरी बाट ७ लाख ८८ हजार ७ सय ४०, सर्लाहीबाट ४ लाख १७ हजार ५ सय २६, रौतहटबाट ४ लाख १३ हजार ३ सय, बाराबाट ५ लाख ५१ हजार र ९ सय ६८ र पर्साबाट ३ लाख ३७ हजार ४ सय २७ गरि कुल ३४ लाख ७३ हजार २७ रुपैयाँ बराबरको विभिन्न किसिमको पटाकाहरु नष्ट गरिएको हो ।
पटाका ल्याएको सूचनाका आधारमा पछ्यादै जाँदा सशस्त्र प्रहरीले मधेश प्रदेशको विभिन्न जिल्लाबाट आलु बम, फुलझरी, नागिन, रकेट र कोब्रा लगायतको नाम गरेको पटाका बरामद गरेको हाे । बरामद पटाका खाल्डो खनेर सम्बन्धित बिओपीले नष्ट पारेको सशस्त्र प्रहरी बल मधेश प्रदेश का बाहिनी पति गणेश ठाडा मगरले बताउनुभयाे
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *