बारा,११ जेठ ।
बारा प्रहरीले रु.११ लाख २० हजार बराबरको १६ हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ।
जेठ ९ गते जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नम्बर ०३ र १० स्थित धैरघारीमा अवैध रुपमा सञ्चालन गरेको अबैध मदिरा भट्ठी नष्ट गरिएको प्रहरीले जनाएको छ।
भट्ठी नष्ट गर्ने क्रममा बारा प्रहरीले ७ लाख २० हजार बराबरको मदिरा बनाउने कच्चा पदार्थ १२ हजार लिटर ,रु.४ लाख बराबरको तयारी मदिरा ४ हजार लिटर बरामद गरेको छ।अबैध मदिरा राख्ने ३५ वटा ड्रम,मदिरा बनाउने ११ वटा मेसिन र ६ थान ताउलो पनि प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
