वीरगञ्जको दियालो लर्ड्सको स्वीमिङ पुलमा डुबेर ९ वर्षीय बालकको मृत्यु

समाचार

वीरगञ्ज, असार २६। वीरगञ्जस्थित दियालो लर्ड्स प्लाजा होटलको स्वीमिङ पुलमा डुबेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ का प्रमोद रौनियारका छोरा बजरंगी रौनियारको बुधबार साझ करिब ७ बजे नुहाउने क्रममा डुबेर ज्यान गएको हो।

डुबेर अचेत भएका बालकलाई तत्कालै अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। बालकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *