पत्रकार दिवाकर साहमाथि दुर्व्यवहार : नेपाल पत्रकार महासंघ मधेश प्रदेशद्वारा कडा भर्त्सना

समाचार

महोत्तरी, असार २६।
एचटिपी खबरका पत्रकार दिवाकर साहमाथि महोत्तरीस्थित पूर्वाधार विकास कार्यालयमा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

अनुचित गतिविधिको सूचना पाएपछि पत्रकार साह सो कार्यालयमा पुगेर समाचार संकलन गरिरहेका बेला त्यहाँ उपस्थित केही व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए। उक्त घटना भिडियोमा समेत स्पष्ट देखिएको महासंघले जनाएको छ।

समाचार संकलनको क्रममा पत्रकारमाथि यसरी अवरोध सिर्जना गर्नु र धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप भएको भन्दै महासंघले कडा शब्दमा विरोध जनाएको छ।

महासंघले घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी यथाशीघ्र कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। प्रेस स्वतन्त्रताविरुद्धको कुनै पनि गतिविधि आफूहरूलाई पूर्णरूपमा अस्वीकार्य हुने महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले बताएका छन्।

उनले पत्रकार दिवाकर साहमाथि भएको दुर्व्यवहार पूर्ण रूपमा निन्दनीय भएको भन्दै दोषीहरूलाई कडा कारबाही गर्न जोडदार माग समेत गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *