काठमाडौं, १४ असोज।
फुलपातीकै दिन काठमाडौं महानगरपालिका–२० स्थित भिमसेनस्थानमा रहेको एक कपडा गोदाममा भीषण आगलागी भएको छ। आगो रणभैरव गण र शार्दुलजंग गुल्मका नेपाली सेनाका टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौं र भक्तपुर महानगरपालिकाका दमकल, जनप्रतिनिधि तथा स्थानीयवासीको सक्रिय सहयोगमा नियन्त्रणमा लिन सकिएको हो।
आगलागीको कारण यसबाट भएको क्षतिको विवरण संकलन तथा अनुसन्धान भइरहेको सुरक्षाकर्मीहरूले जानकारी दिएका छन्।
