पर्सा, २६ पुस ।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न परिवारलाई सहयोग गरेको छ।
मिति २०८२।०९।२० गते पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२८ बगही निवासी अन्दाजी ३६ वर्षीय मन्सी पटेल (मधेश आन्दोलनका जिउँदा शहीद) को निवासमा गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले भेटघाट गर्दै न्यानो कपडा (कम्बल) तथा खाद्यान्न सामग्री वितरण गर्नुभएको थियो।
विभिन्न व्यक्तिहरूको सहयोगमा निर्माण भएको जस्ताले छाएको तीन कोठे घरमा विद्युत् सुविधा नभएको जानकारी पाएपछि गणपति भट्टले सशस्त्र प्रहरी बल नेपालको तर्फबाट विद्युत् वायरिङ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सोही प्रतिबद्धता अनुसार मिति २०८२।०९।२४ र २५ गते नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले मन्सी पटेलको घरका तीनवटै कोठा तथा बाहिरी भागमा विद्युत् वायरिङ गरी पंखा समेत जडान गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले सुरक्षा सेवासँगै सामाजिक सेवा र मानवीय सहयोगलाई पनि प्राथमिकतामा राख्दै आएको सूचना अधिकारी
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले बताएका छन् ।
