पर्साबाट हज यात्रामा जाने हाजीलाई सांसद हरी पन्तद्वारा काठमाडौंमै शुभकामना

समाचार

पर्सा,३० बैशाख ।
पर्सा जिल्लाबाट पवित्र हज यात्राका लागि साउदी अरेबिया प्रस्थान गर्नुभएका सम्पूर्ण हाजीहरुलाई पर्सा क्षेत्र नं. १ का सांसद हरी पन्त(बुद्धि प्रसाद पन्त ) ले काठमाडौं पुगेर हार्दिक शुभयात्रा तथा सफल हज यात्राको शुभकामना व्यक्त गर्नुभएको छ।

सांसद पन्तले हज यात्रामा सहभागी मुस्लिम समुदायका हाजीहरुसँग भेटघाट गर्दै उनीहरुको यात्रा सफल, सुरक्षित र पुण्यमय रहोस् भन्ने कामना गर्नुभएको थियो। उहाँले धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको हज यात्रा सम्पूर्ण मानव समुदायका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।

यस अवसरमा उहाँले अल्लाह(ईश्वर )को कृपा, शान्ति र रहमत सधैं हाजीहरूमाथि रहिरहोस् भन्ने कामना गर्दै पवित्र हज यात्रा सफलतापूर्वक सम्पन्न गरी सकुशल स्वदेश फर्किन शुभेच्छा व्यक्त गर्नुभएको थियो।

हज यात्रामा जाने हाजीहरुले पनि सांसद पन्तप्रति धन्यवाद व्यक्त गर्दै उहाँको शुभेच्छाले आफूहरू उत्साहित भएको बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *