बैतडीमा यात्रुबाहक बस २०० मिटर तल खस्यो, चालकसहित १७ जना घाइते, दुईको अवस्था गम्भीर

समाचार

बैतडी, १९ असार। बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश सु.प.प्र.०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बसका चालकसहित १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको छ भने अन्य घाइतेहरूको पनि उद्धार तथा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *