सशस्त्र प्रहरीले बरामद गर्‍यो ५९ लाखभन्दा बढीको अवैध सामान

समाचार

काठमाडौं, २९ साउन । सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा खानतलासीका क्रममा करिब ५९ लाख २८ हजार रुपैयाँ बराबरको अवैध चोरी–पैठारीका सामान बरामद गरेको छ।

मिति २०८३/०४/२८ गते विभिन्न सीमा क्षेत्र तथा शंकास्पद स्थानमा खटिएको सशस्त्र प्रहरी टोलीले गरेको चेकजाँचका क्रममा लत्ताकपडा, खाद्यान्न, मोटर पार्ट्स, बिजुलीका सामान लगायतका सामग्री बरामद गरेको हो।
बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध चोरी–पैठारी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले निगरानी, चेकजाँच र खानतलासीलाई निरन्तरता दिँदै आएको जनाएको छ। पछिल्लो बरामदगीले अवैध व्यापार तथा चोरी–पैठारी नियन्त्रणमा सुरक्षा निकायको सक्रियता थप प्रभावकारी बन्दै गएको संकेत गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *