पर्सामा बेवारिसे लास नालाबाट बरामद ।

समाचार

बिरगंज ,१२ बैशाख।

मंगलवार बेलुका ५ बजेको समयमा पर्साको बीरगंज महानगरपालिका वडा नं. १४ चिनि मिल पिपरा जनस्वास्थ्य कार्यालय स्थित सार्वजनिक नालामा हाल नाम,थर,वतन नखुलेको अन्दाजी वर्ष ४५/५० को पुरुष व्यक्ती मृत अवस्थामा लाश फेला परेको पर्सा प्रहरीले जनाएको छ।

सूचना प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलमा खटी घटनास्थल तथा लाशजाँच प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतकको लाशलाई नारायणी अस्पताल बीरगंज पर्साको शव गृहमा राखी थप अनुसन्धान कार्य भई रहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

हालसम्म निज मृतकको लाश बुझी लान निजको आफन्तहरु सम्पर्कमा नआएकोले निजको आफन्तलाई आ-आफ्नो वडा एरियामा खोजतलास गरी यथाशीघ्र जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न डिएसपी थापाले  अनुरोध गरेका छन् ।

मृतक लाशको हुलिया:

वर्ण श्याम्लो, उचाई ५ फिट २ ईन्च , शरिरमा खैरो रंगको भेष्ट र निलो ट्रेक लगाएको अन्दाजी वर्ष ४५/५० को पुरुष व्यक्ति ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *