रसीद आलम,बिरगंज ,१ जेठ ।
पर्सा प्रहरीले बैशाख महिनाभरी प्रगति विवरण सार्वजनिक गरेको छ।

प्रहरी उपरीक्षक कुमोध ढुंगेलको नेतृत्वमा पर्सा प्रहरीले बैशाखको पुरा एकमहिना भित्रमा रु.६ करोड १३ लाख ६८ हजार चौवालीस बराबरको भन्सार छलिएका विभिन्न किसिमका अबैध लत्ताकपडा ,खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू पक्राउ गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी गरिएको प्रेस बिज्ञयप्ती अनुसार विभिन्न मुद्दामा पक्राउ गरिएका मध्येबाट बैशाख मसान्तसम्म१५१ जनाको फैसला कार्यन्वयन भइ ५ वर्ष २९ दिन कैद रु.१५ लाख ८ हजार ७ सय ४२ रुपैयाँ जरिवाना भएको छ।चालु मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ गरिएको छ।
हुण्डी कारोवारको संजाल तोडदै पर्सा प्रहरीले ३५ लाख २० हजार ७ सय स्रोत नखुलेको रकमसहित ३ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ भने १ लाख २३ हजार नक्कली नोट बरामद गरेको छ।
बैशाख महिनाभरिमा पर्सा प्रहरीले ४२ वटा चोरी भएको मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ।हातहतियार तर्फ १ थान मेड ईन अमेरिका लेखेको पेस्तोल पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले बताएका छन् ।
डिएसपी थापाका अनुसार लागु औषधतर्फ १५ केजि गाँजा,५७.४५ ग्राम खैरो हिरोईन ,चरेश,कोरेक्स ६७ बोत्तल,नाइट्राभेट ७९९ पिस,फेनारगन ३० एम्पुल,डाइजेल्याब ३३ एम्पुल र नुरफिन ३३ एम्पुल पर्सा प्रहरीले बरामद गरेको छ।
