१४२ किलो गाँजासहित भारतीय मोटरसाइकल नियन्त्रणमा, चालक फरार

बिदेश राजनीति समाचार

बारा,११ पुस ।

बारा प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नं. ७ खजानीस्थित कोतवाली नहर नजिकबाट १४२ किलो गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

मिति २०८१/०९/१० गते राति ९:४५ बजे प्रहरी चौकी श्रीनगर बैरियाबाट प्र.स.नि. जगदिश प्रसाद यादवको कमाण्डमा खटिएको गस्ती टोलीले कोतवाली नहरबाट खजानीतर्फ आउँदै गरेको BR 22 AQ 2976 नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई शंकास्पद देखेर पछ्याएको थियो। प्रहरीलाई देखेपछि मोटरसाइकल चालकले सवारीसाधन छाडेर भागेको प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकलमा लोड गरिएका सामान जाँच गर्दा ३ बोरा प्लास्टिकमा बेरिएका ९ वटा पोका गरी कुल १४२ किलो गाँजा बरामद गरेको छ। मोटरसाइकलसहित बरामद गाँजालाई आवश्यक कानूनी कारबाहीका लागि अघि बढाइएको छ। फरार चालकको खोजी कार्य जारी रहेको बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *