वडा नं.१५ मा योजनाहरूको स्थलगत अनुगमन, समस्याको शीघ्र समाधानको प्रतिबद्धता

समाचार

बिरगंज, १३ बैशाख — बिरगंज महानगरपालिकाले आफ्ना वडा हरुमा विकासको गति तीव्र बनाउने अभियानलाई अझ सशक्त बनाएको छ। सोही क्रममा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले वडा नं.१५ मा भईरहेका विभिन्न योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ।

अनुगमनको क्रममा देखिएका विभिन्न त्रुटिहरू सुधार गर्न उपप्रमुख आलमले सम्बन्धित ठेकेदारहरूलाई आवश्यक निर्देशन दिनुभएको छ। साथै, वडा नं.१५ का स्थानीय बासिन्दाहरूले वडामा रहेका समस्या समाधानको लागि ध्यानाकर्षण गराएका थिए। स्थानीय बासिन्दाहरूको गुनासो सुनेर उपप्रमुख आलमले समस्याहरूको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

उहाँले आगामी दिनहरूमा महानगरका ३२ वटै वडामा योजनाहरूलाई थप तीव्रता दिने योजना रहेको बताउनुभएको छ। साथै, वडा र नगरस्तरमा देखिएका समस्याहरू समाधान गर्दै नगरवासीहरूलाई सहज सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

उपप्रमुख आलमले “सुन्दर बिरगंज, स्वच्छ बिरगंज” बनाउन दिनरात लागि परेको उल्लेख गर्दै, निर्माण कार्यमा कुनै ढिलाइ नगर्न ठेकेदारहरूलाई निर्देशन दिनुभएको छ। साथै, भइरहेको निर्माण कार्यहरूको प्रभावकारी निगरानीका लागि स्थानीय बासिन्दाहरूलाई पनि सक्रिय भुमिका खेल्न आग्रह गर्नुभएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *