रमजान पर्वको अवसरमा वीरगञ्जमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनद्वारा अफ्तारी कार्यक्रम

समाचार

वीरगञ्ज, चैत ३ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन, जिल्ला कार्य समिति पर्साले रमजान पर्वको अवसरमा अफ्तारी कार्यक्रम आयोजना गर्ने भएको छ।

मालपोत कार्यालय पर्सा परिसर, वीरगञ्जमा आयोजना हुने उक्त कार्यक्रमबारे एसोसिएसनका अध्यक्ष सुरेन्द्र प्रसाद यादवद्वारा जारी सूचनामा जानकारी दिइएको हो। सूचनाअनुसार एसोसिएसनसँग आबद्ध सम्पूर्ण मुस्लिम कानून व्यवसायीहरूलाई लक्षित गरी अफ्तारी कार्यक्रम गर्न लागिएको उल्लेख गरिएको छ।

रमजान पर्वको अवसरमा आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ। कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्न सम्बन्धित सबैमा आग्रह गरिएको छ।

उक्त अफ्तारी कार्यक्रम चैत ४ गते बुधबार बेलुका ५:३० बजे मालपोत कार्यालय पर्साको प्राङ्गणमा सञ्चालन हुने जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *