पर्सागढीमा ड्रमभित्र लुकाइएको ४० किलो गाँजासहित ६० वर्षीय व्यक्ति पक्राउ

समाचार

वीरगञ्ज,२२ भदौ । । पर्सामा प्रहरीले ४० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले २०८३ भदौ २० गते राति करिब ९ बजे पर्सागढी नगरपालिका–३ स्थित एक घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा पर्सागढी नगरपालिका–३ बस्ने ६० वर्षीय गोरे लामाको घरभित्र ड्रममा लुकाइछिपाई राखिएको अवस्थामा करिब ४० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजा बरामद भएपछि लामालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

बरामद सामग्री:
लागूऔषध गाँजा — ४० किलो
पक्राउ पर्ने — गोरे लामा, ६० वर्ष, पर्सागढी–३, पर्सा

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *