रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानवीय उपस्थिति भेटिएन, सेना उद्धार टोली धुन्चे फर्कियो

रसुवा,१५ भदौ  । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र गरिएको खोजी कार्यमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका भएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो। उद्धार टोलीले सुरुङको भित्री भाग […]

पुरा पढ़नुश

नारायणी अस्पतालबाट नवजात शिशु चोरी, शंकास्पद महिलाको खोजी तीव्र

वीरगञ्ज ,१५ भदौ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी गरी लगिएको घटनापछि प्रहरीले शंकास्पद एक महिलाको खोजतलास तीव्र पारेको छ। प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजे अस्पतालमा रहेकी करिब ३० देखि ३५ वर्ष उमेरकी एक महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएकी थिइन्। त्यसपछि उनी शिशुसहित सम्पर्कविहीन […]

पुरा पढ़नुश

जन्मदिनको खुसी थाती राख्दै बाराका उद्योगी शम्भुनाथ झाले बाढीपीडितलाई दिए ११ लाख

आफताब आलम, जीतपुर, बारा । भदौ १४ गते आफ्नो जन्मदिनको अवसरलाई व्यक्तिगत उत्सवमा सीमित नगरी उद्योगी शम्भुनाथ झाले विपद्मा परेका नागरिकको सहयोगमा समर्पित गरेका छन्। नेपोभिट टायल्सका सञ्चालकसमेत रहेका झाले रसुवाका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। झाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। देश […]

पुरा पढ़नुश

मकवानपुरमा माइक्रो र सुमो ठोक्किँदा पर्सासहित ११ जना घाइते

हेटौँडा ,१४ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गमा यात्रुवाहक ईभी माइक्रो र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १२:३० बजे काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज. ०६९७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज. ५८७३ नम्बरको यात्रुवाहक सुमो एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा सुमो चालकसहित सुमोमा […]

पुरा पढ़नुश

ब्राउन सुगरसहित तीन भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

वीरगञ्ज,१४ भदौ  । पर्साको वीरगञ्ज महानगरपालिका–१६ माईधिया पोखरी अगाडिबाट १०० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले २०८३ भदौ १४ गते दिउँसो करिब १२:१० बजे माईधिया पोखरी अगाडिको सडकखण्डमा पैदल […]

पुरा पढ़नुश

भोटेकोशी बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला; राहत, पुनःस्थापना र सञ्चार पुनःस्थापनामा सरकार तीव्र

काठमाडौं,१३ भदौ  । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा भएको ठूलो जनधन तथा भौतिक क्षतिप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। बाढीपछि उद्धार, खोजी, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई सरकारले तीव्र बनाएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। प्रधानमन्त्री शाहका अनुसार शनिबार साँझ साढे ५ […]

पुरा पढ़नुश

कम्पनीबाट १५ क्विन्टल फलाम चोरी, जितपुरमा एक जना पक्राउ

बारा,१३ भदौ  । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ नितनपुर चोकस्थित एक कम्पनीबाट करिब १५ क्विन्टल फलाम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय जितपुर, बाराका प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.व.ना.नि.) उमेश निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले फलाम चोरी गरेको आरोपमा जिल्लाको गढीमाई नगरपालिका–८ रमौलीका ३४ वर्षीय मिथलेस सहनीलाई पक्राउ गरेको हो। प्रहरीका […]

पुरा पढ़नुश

भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख सहयोग गर्ने

वीरगन्ज ,१३ भदौ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना तथा पुनरुत्थानका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका (बोर्ड) बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। महानगरपालिकाका अनुसार सहयोग रकम विभिन्न आन्तरिक स्रोतबाट जुटाइनेछ। जसअनुसार […]

पुरा पढ़नुश

बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा पर्साका एक जनासहित २९ जना पक्राउ

धादिङ, भदौ १३।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राख्ने सेफ फेला पारी तोडफोड गरी भित्र रहेको रकम चोरी गरेको आरोपमा प्रहरीले पर्साका एक जनासहित २९ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोला, त्रिशूली नदी किनारमा फेला परेको […]

पुरा पढ़नुश

बाढी प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, हालसम्म ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले रक्षाबन्धनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै बाढी तथा विपद् प्रभावित क्षेत्रमा सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन्। उनले भनेका छन् ,”आज रक्षाबन्धन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गर्दछु। यस कठिन घडीमा विपद्बाट […]

पुरा पढ़नुश