दाइको हत्या गरी नहरमा शव फाल्ने भाइ पक्राउ, भारत भाग्दै गर्दा बाँके प्रहरीले समात्यो

बाँके, १५ असार । बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरी शव नहरमा फालेर फरार भएका एक युवकलाई प्रहरीले भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ। प्रहरीका अनुसार कोहलपुर नगरपालिका–४ गोहवाका २० वर्षीय बिनोद चौधरीले असार १४ गते साँझ करिब ७ बजे आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेका थिए। […]

पुरा पढ़नुश

भारतीय प्रहरीसँग समन्वय गर्दै हराएकी नेपाली बालिका सकुशल उद्धार, भारतीय युवती पनि वीरगञ्जबाट परिवारको जिम्मा लगाइयो

वीरगञ्ज, १५ असार। नेपाल–भारत सीमा क्षेत्रमा हराएका दुई बालिकालाई नेपाल र भारतका सुरक्षा निकायबीचको समन्वयबाट सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रूपन्देहीको सम्मरीमाई गाउँपालिका–७ निवासी मोहम्मद उमर मुसलमानकी १७ वर्षीया छोरी सामरा खातुन गत वैशाख २७ गते घरबाट हराएकी थिइन्। लामो खोजीपछि भारतीय प्रहरीसँगको समन्वयमा उनलाई असार १४ गते […]

पुरा पढ़नुश

जलवायुमैत्री प्रविधिमा जोड दिँदै वीरगन्जमा भव्य रूपमा मनाइयो २३औँ राष्ट्रिय धान दिवस

वीरगन्ज, १५ असार। वीरगन्ज महानगरपालिकाले “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा परम्परागत दही–चिउरा खाने र धान रोपाइँ कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा भएको कार्यक्रममा कार्यवाहक नगर प्रमुख इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी हुँदै खेतमै पुगेर धान रोपाइँको […]

पुरा पढ़नुश

असार १६–१७ मा मनसुनी गतिविधि तीव्र हुने, भारी वर्षा र बाढी–पहिरोको जोखिम बढ्ने, राष्ट्रिय विपद् प्राधिकरणद्वारा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवालालाई आग्रह

काठमाडौं, असार १५। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि तीव्र हुने भएकाले भारी वर्षा, बाढी, पहिरो, डुबान तथा चट्याङको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै मधेश प्रदेश तथा कोशी, बागमती, […]

पुरा पढ़नुश

नेपालगञ्जमा स्रोत नखुलेको करिब १६ लाख रुपैयाँसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज, असार १५ । सशस्त्र प्रहरी बल, नेपालले बाँकेको नेपालगञ्जबाट स्रोत नखुलेको रु. १५ लाख ९९ हजार ९ सय नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट भारतीय नम्बर प्लेटको एउटा कार र दुई थान मोबाइल फोन पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उक्त रकमसहित […]

पुरा पढ़नुश

वन मुद्दाका फरार प्रतिवादी देवान पक्राउ ।

(सामाजिक सञ्जालमा भाइरल काठ तस्करी भिडियोका व्यक्ति पक्राउ, तीन वन मुद्दाका फरार प्रतिवादी वन कार्यालय बुझाइए) वीरगञ्ज, १५असार । जिल्ला पर्सामा वनसम्बन्धी तीनवटा चालु मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीका अनुसार आइतबार साँझ करिब ५:१० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका–४ निवासी २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवानलाई […]

पुरा पढ़नुश

पर्सामा तस्करी संजालविरुद्ध कडा प्रहार,सशस्त्रद्वारा २३ लाखभन्दा बढीका अवैध सामान र सवारी साधन बरामद

वीरगञ्ज, १४ असार। पर्सामा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले एकपछि अर्को सफल अपरेशन सञ्चालन गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सीमा क्षेत्रमा कडा निगरानी बढाइएपछि तस्करी संजाललाई ठूलो धक्का लागेको छ। विभिन्न नाकाबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका तथा लैजान लागिएका […]

पुरा पढ़नुश

गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा प्रभाव जमाउन खोज्ने युवक पक्राउ

काठमाडौं, १४ असार । आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच कायम गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट ३० वर्षीय आदित्य सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयसँग आबद्ध जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच […]

पुरा पढ़नुश

कार्यवाहक प्रमुख इम्तियाज आलमको पहल सफल : वीरगञ्जको सरसफाइ विवाद अन्त्य, आन्दोलन फिर्ता

वीरगञ्ज, असार १४ । वीरगञ्ज महानगरपालिकाको सरसफाइ सेवा अवरुद्ध हुने अवस्था सिर्जना भएको विवाद अन्ततः सहमतिमा टुंगिएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सक्रिय पहल तथा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहोराको उपस्थितिमा भएको वार्तापछि आन्दोलनरत सरसफाइकर्मीहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिँदै आइतबारदेखि नै काममा फर्किएका छन्। महानगरपालिकाको सभाहलमा जनप्रतिनिधि, वडा अध्यक्ष, कर्मचारी, ठेकेदार कम्पनी […]

पुरा पढ़नुश

अभद्र व्यवहार मुद्दाका फरार वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

बारा, १४ असार । अभद्र व्यवहार मुद्दामा फरार रहेका बारा प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको टोलीले फरार प्रतिवादी कुशवाहालाई कलैया उपमहानगरपालिका–२३ बरैटपुरस्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। उनीविरुद्ध […]

पुरा पढ़नुश