बालबालिका खेल्ने पार्कभित्र अवैध हुक्का बारमा महानगरको छापा, हुक्का र सुर्तीजन्य सामग्री बरामद

वीरगन्ज, १७ असार । बालबालिकाको मनोरञ्जनका लागि निर्माण गरिएको सार्वजनिक पार्कभित्र अवैध रूपमा हुक्का तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण भइरहेको भेटिएपछि वीरगन्ज महानगरपालिकाले आकस्मिक छापा मारी ठूलो परिमाणमा सामग्री बरामद गरेको छ। कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनमा बुधबार वडा नं. ४ स्थित चिल्ड्रेन पार्क (शङ्खधर साख्वा पार्क) भित्र सञ्चालित दियास हस्पिटालिटी प्रा.लि. मा महानगरको अनुगमन […]

पुरा पढ़नुश

आँप बिक्रीको आडमा ब्राउन सुगर कारोबार, भारतीय नागरिक ३० ग्रामभन्दा बढी लागूऔषधसहित वीरगञ्जबाट पक्राउ

वीरगञ्ज, १७ असार । पर्सा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै आँप बिक्रीको आडमा ब्राउन सुगर कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको साथबाट प्लास्टिकसहित ३० ग्राम ७१० मिलिग्राम तथा शुद्ध तौलमा २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ़नुश

भन्सारकै यात्रु शाखाको स्टोरबाट करिब ८ लाखका शृङ्गार सामग्री बरामद, तस्करीको आशंकामा सशस्त्रको छापा

वीरगञ्ज, १७ असार । पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयको यात्रु शाखा परिसरभित्र रहेको स्टोर कोठालाई नै तस्करीका सामान लुकाउने तथा बाहिर निकाल्ने थलो बनाइएको आशंकाबीच सशस्त्र प्रहरी बलले छापा मारेर करिब ८ लाख रुपैयाँ बराबरका विभिन्न शृङ्गार सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बलका अनुसार विशेष सूचनाका आधारमा मिति २०८३ असार १६ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित […]

पुरा पढ़नुश

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेरबदल गर्न प्रशासनको निर्देशन

वीरगञ्ज, असार १६ ।जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सबै स्थानीय तहलाई सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झण्डाको नियमित मर्मत, संरक्षण र आवश्यक परे तत्काल फेरबदल गर्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको परिपत्रमा पर्साका विभिन्न चोक, पुल, उद्यान तथा अन्य सार्वजनिक स्थलमा स्थानीय तहले राखेका नेपालको राष्ट्रिय झण्डा च्यातिएको, रङ्ग उडेको तथा […]

पुरा पढ़नुश

पर्सामा अवैध सालको गोलिया र दुई साइकिल बरामद, तस्कर फरार

वीरगञ्ज, असार १६ ।पर्सा प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको गोलिया र दुई वटा साइकिल बरामद गरेको छ। पर्सा प्रहरीका अनुसार आइतबार (२०८३ असार १६) दिउँसो करिब २:०० बजे प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–३१ बेल्वास्थित भित्री सडक खण्डमा निगरानी गर्ने क्रममा दुई वटा साइकिलमा सालको गोलिया बोकी लगिँदै गरेको अवस्थामा फेला पारेको […]

पुरा पढ़नुश

२ वर्ष कैद सजायका फरार प्रतिवादी पर्साबाट पक्राउ

वीरगञ्ज, १६ असार । लेनदेन मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीका अनुसार मिति २०८३ असार १५ गते जिल्ला पर्साको बहुदरमाई नगरपालिका–२ बाट लेनदेन मुद्दामा दोषी ठहर भई २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका–२७ निवासी ४७ वर्षीय किसुन प्रसाद यादव पक्राउ परेका हुन्। […]

पुरा पढ़नुश

भारततर्फ लैजाँदै गरेको ११ किलो गाँजा जस्तो देखिने पदार्थसहित पर्सामा एक जना पक्राउ

वीरगञ्ज, १६ असार । पर्साको सीमावर्ती क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ११ किलोग्राम गाँजा जस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार सोमबार बिहान करिब २:०० बजे बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रमा बी.ओ.पी. प्रसौनीभाठ्ठा र बी.ओ.पी. अमरपट्टीबाट खटिएको संयुक्त पैदल गस्ती टोलीले शंकास्पद अवस्थामा […]

पुरा पढ़नुश

वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित बनाउने ‘पावर–गिफ’ परियोजना सुरु, औद्योगिक विद्युतीकरणमा महानगरको पूर्ण साथ रहने आलमको प्रतिबद्धता

वीरगञ्ज, १६ असार । नेपालको प्रमुख औद्योगिक क्षेत्र वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित, जलवायु उत्थानशील र स्वच्छ ऊर्जामा आधारित औद्योगिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ‘नेपालमा हरित औद्योगिक भविष्यका लागि ऊर्जा (Power-GIF)’ परियोजना औपचारिक रूपमा सुरु गरिएको छ। नर्वे सरकारको आर्थिक सहयोगमा ग्रामीण प्रविधि केन्द्रको नेतृत्व तथा नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग परिसंघ (CNI), ऊर्जा अध्ययन […]

पुरा पढ़नुश

पर्सा प्रहरीका डीएसपी हरि बहादुर बस्नेतलाई सम्मानसहित बिदाइ

वीरगञ्ज, १५ असार। जिल्ला प्रहरी कार्यालय पर्साबाट काज सरुवा भई मानव बेचबिखन अनुसन्धान ब्यूरो, काठमाडौं जान लाग्नुभएका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतलाई सम्मानपूर्वक बिदाइ गरिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले डीएसपी बस्नेतलाई मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको प्रशंसा गर्नुभयो। कार्यक्रममा एसपी […]

पुरा पढ़नुश

बारामा भीषण सडक दुर्घटना : १७ वर्षीय स्कुटर चालक सराफको मृत्यु, दुई जना घाइते

बारा, १५ असार । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित एयरपोर्ट नजिक सिमरा–डुमरवाना भित्री सडकखण्डमा आइतबार भएको सवारी दुर्घटनामा १७ वर्षीय एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले अगाडि गुडिरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको […]

पुरा पढ़नुश