११ हजार भोल्टको तार छोएपछि मन्दिरमा ग्रिल जडान गर्दै गरेका कामदार घाइते

बारा, १९ असार। बाराको पचरौता नगरपालिका–८ बाझोपट्टीस्थित माई मन्दिरमा ग्रिल जडान गर्ने क्रममा ११ हजार भोल्टको विद्युत् लाइन छोएपछि एक कामदार गम्भीर रूपमा घाइते भएका छन्। शुक्रबार बिहान करिब १० बजे ग्रिल जडान गर्ने क्रममा सिम्रौनगढ नगरपालिका–३ नयाकाटोल निवासी ३८ वर्षीय रामलाल पटेलको टाउकोमा ११ हजार भोल्ट क्षमताको विद्युत् तार छोएपछि उनी करेन्ट लागेर घाइते […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीका कर्मचारीलाई सडक सुरक्षा तथा ट्राफिक सचेतना प्रशिक्षण

वीरगञ्ज, १८ असार। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई लक्षित गर्दै “सडक सुरक्षा तथा ट्राफिक सचेतना” कार्यक्रम सम्पन्न गरेको जनाएको छ। कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, पैदल यात्रु तथा चालकको जिम्मेवारी, सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक सचेतनासम्बन्धी विभिन्न विषयमा जानकारी गराइएको थियो। जिल्ला ट्राफिक प्रहरी […]

पुरा पढ़नुश

मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी अधिकारीद्वारा इलाका प्रहरी कार्यालय सिमराको निरीक्षण, सेवा सुधार र अपराध नियन्त्रणमा जोड

सिमरा, १८ असार। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओम प्रसाद अधिकारीले बुधबार इलाका प्रहरी कार्यालय सिमराको निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणका क्रममा डिआईजी अधिकारीसँगै नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय वीरगञ्ज, पर्साका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर पनि सहभागी थिए। उहाँहरूले कार्यालयका विभिन्न शाखा, सेवा प्रवाहको […]

पुरा पढ़नुश

पर्सामा फरार प्रतिवादी पक्राउ अभियान तीव्र, एकै दिन विभिन्न मुद्दाका ४ जना कानुनी दायरामा

वीरगञ्ज, १८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै एकै दिन विभिन्न प्रकृतिका मुद्दामा अदालतबाट सजाय तथा आदेश भएका चार जनालाई कानुनी दायरामा ल्याएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै प्रहरीले अदालतका […]

पुरा पढ़नुश

पर्सामा सवारी साधनका कालो सिसा र कालो स्टिकर हटाइँदै, ट्राफिक प्रहरीको कडा निगरानी

वीरगञ्ज, १८ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी साधनमा जडान गरिएका अवैध कालो सिसा (ब्ल्याक फिल्म) तथा कालो स्टिकर हटाउने अभियानलाई तीव्र बनाएको छ। कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृति बिना कुनै पनि सवारी साधनको रङ, स्वरूप, इन्जिन, चेसिस वा अन्य संरचनामा परिवर्तन गर्न नपाइने […]

पुरा पढ़नुश

बारामा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

बारा, १८ असार ।बाराको महागढीमाई नगरपालिका–९, प्रिपरा बिर्तामा बुधबार साँझ चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। प्रहरीका अनुसार साँझ करिब ५ बजे खेतबाट घर फर्किरहेका स्थानीय कपिल देव साहकी १२ वर्षीया छोरी सन्जना कुमारी दास र मन्टु दासकी करिब ३० वर्षीया श्रीमती सरिता देवी दासमाथि अचानक चट्याङ परेको […]

पुरा पढ़नुश

कार्यवाहक प्रमुख आलमको पहलमा ६ महिनादेखि रोकिएको विपद् राहत वितरण हुने

वीरगञ्ज, १८ असार । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रिय पहलपछि विगत करिब ६ महिनादेखि रोकिएको विपद् राहत रकम वितरण प्रक्रिया अघि बढेको छ। महानगरका विभिन्न वडाका आगलागी, बाढी तथा हावाहुरीबाट प्रभावित १५ परिवारले अब राहत पाउने भएका छन्। कार्यवाहक प्रमुख आलमले विपद् व्यवस्थापन शाखामा लामो समयदेखि थन्किएका निवेदनहरूलाई प्राथमिकतामा राख्दै तत्काल आवश्यक छानबिन […]

पुरा पढ़नुश

मोबाइल चोरीको आरोपमा चार बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने ४ जना पक्राउ

बारा, १७ असार । मोबाइल चोरी गरेको आरोपमा चार जना बालबालिकालाई सार्वजनिक स्थलमा रुखमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा बारा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८३ असार १६ गते बिहान करिब ९:०० बजे बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा चार जना बालबालिकालाई बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको घटना सार्वजनिक भएपछि […]

पुरा पढ़नुश

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी ओमप्रसाद अधिकारीद्वारा बारा–पर्सा निरीक्षण, नागरिकमैत्री र अनुशासित प्रहरी सेवामा जोड

रसीद आलम। मधेश प्रदेश, १७ असार। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले पर्सा र बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन गर्दै प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन्। पर्सा र बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रममा डिआईजी अधिकारीले कार्यालयका विभिन्न शाखा, सेवा केन्द्र, नियन्त्रण कक्ष, […]

पुरा पढ़नुश

ताजिया(मोहरम) जुलुसमा नक्कली बन्दुक प्रदर्शन गर्ने राहुल साह भन्ने हैदर पक्राउ। 

वीरगञ्ज, १७ असार। पर्साको वीरगञ्जमा ताजिया (मोहरम) पर्वका अवसरमा नक्कली बन्दुक प्रदर्शन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असार १२ गते साँझ करिब ६:३० बजे वीरगञ्ज महानगरपालिका–१३ रानीघाट करबोला क्षेत्रमा मुस्लिम समुदायले आयोजना गरेको ताजिया जुलुसका क्रममा नक्कली बन्दुक प्रदर्शन गरेको आरोपमा २१ वर्षीय राहुल साह उर्फ हैदर अली […]

पुरा पढ़नुश