जीतपुरमा पसल चोरीको आशंकामा १४ वर्षीय बालक पक्राउ

बारा,१५ असोज  । जीतपुरसिमरा उपमहानगरपालिका–७ पडाबजारस्थित एक पसलमा चोरी भएको आशंकामा प्रहरीले १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ। मिति २०८३ असोज १५ गते राति करिब १ः३० बजे इलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट प्रहरी सहायक निरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले पडाबजारस्थित पूर्वतर्फको सर्भिस लेनमा बकुलियाबाट जीतपुर चोकतर्फ जाँदै गरेका जीतपुरसिमरा–६ निवासी हसमुदिन अंसारीलाई शंकास्पद […]

पुरा पढ़नुश

सिमरामा २ किलो ९७० ग्राम अफिमसहित श्रीमान्–श्रीमती पक्राउ

बारा, असोज १४ । बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध अफिमको चोपसहित श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ। बुधबार दिउँसो करिब १ः०५ बजे जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकबाट रौतहट चन्द्रपुर नगरपालिका–३ गैँडाटारका ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी ४८ वर्षीया श्रीमती रोशनी राई पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज, पर्सा र इलाका […]

पुरा पढ़नुश

आर्थिक वर्ष २०८३/०८४ का लागि बारामा प्रहरीको कार्यसम्पादन करार हस्ताक्षर

बारा, असोज १४ । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८३/०८४ का लागि मातहतका प्रहरी कार्यालयका प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करार हस्ताक्षर गरेको छ। जिल्ला प्रहरी कार्यालय बारामा बुधबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर तथा मातहतका प्रहरी कार्यालयका प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरिएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय […]

पुरा पढ़नुश

वीरगञ्जमा २३ महिलाको स्त्रीरोग स्वास्थ्य परीक्षण, उपचार र परामर्श

वीरगञ्ज,१४ असोज  । जिल्ला प्रहरी कार्यालय, पर्सा र प्रभु हस्पिटलको संयुक्त आयोजनामा वीरगञ्जमा स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार बिहान ७ः३० बजे वीरगञ्ज महानगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालय, पर्साको परिसरमा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवनमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको अध्यक्षता जिल्ला […]

पुरा पढ़नुश

ससुराको हत्या आरोपमा बुहारी पक्राउ, १० दिनको म्याद थप

जाजरकोट ,१४ असोज । जाजरकोटमा ससुराको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाहीको हत्या आरोपमा उनकी माइली बुहारी सर्मिला शाही पक्राउ परेकी हुन्। प्रहरीका अनुसार २०८२ साल साउन ११ गते बेलुका करिब ८ बजे गंगाराम आफ्नै घरको सिँढी नजिक बायाँतर्फको घाँटीमा […]

पुरा पढ़नुश

मेयर सिंहको सहभागितामा साहेब बाबाको १२६औँ जन्मोत्सव मनाइयो

वीरगञ्ज, १४ असोज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सहभागितामा ‘साहेब बाबा’को १२६औँ जन्मोत्सव विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमसहित मनाइएको छ। जन्मोत्सवको अवसरमा मेयर सिंहसहित श्रद्धालु भक्तजनले दीप प्रज्वलन गरी पूजा–अर्चना गरेका थिए। त्यस अवसरमा वीरगञ्जका विभिन्न स्थानमा प्रसाद वितरणसमेत गरिएको थियो। मेयर सिंहले सामाजिक सञ्जालमार्फत साहेब बाबाको जन्मोत्सवका अवसरमा दीप प्रज्वलन गरी पूजा–अर्चना गरिएको […]

पुरा पढ़नुश

दुई थान कटुवा पेस्तोलसहित सिम्रौनगढबाट ५० वर्षीय व्यक्ति पक्राउ

बारा, १३ असोज । बाराको सिम्रौनगढ नगरपालिका–६, सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी गोलागञ्जबाट खटिएको टोलीले सलेमपुर क्षेत्रमा शंकास्पद व्यक्तिहरूमाथि चेकजाँच गर्ने क्रममा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्ज बस्ने करिब ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहालाई नियन्त्रणमा […]

पुरा पढ़नुश

बाराको खुला सीमामा कडा निगरानी : चोरी–पैठारी र लागूऔषध नियन्त्रणलाई प्राथमिकता

रौतहट, १२ असोज । सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टले बाराको सीमा क्षेत्रमा हुने चोरी–पैठारी, लागूऔषध ओसारपसार, सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। कलैया उपमहानगरपालिका–१६ दक्षिण झिट्कैयास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बारामा आइतबार साँझ आयोजित समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

पुरा पढ़नुश

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎रौतहट, १२ असोज । ‎प्रहरी सेवामा अनुशासन, कर्तव्यनिष्ठा र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई मूल्यांकन गर्दै प्रहरी जवान लक्ष्मी कुमारी कार्कीलाई भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ। ‎नेपाल प्रहरी बिशेष सुरक्षा गण ढल्केवरका गण प्रमुख एसपी  भुवनेश्वर प्रसाद साहले कार्कीलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गर्दै प्रशंसापत्र प्रदान गरेका हुन्। ‎प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई […]

पुरा पढ़नुश

हिमपहिरोमा बेपत्ता १२ मध्ये थप २ जनाको शव भेटियो, मृतकको संख्या ४ पुग्यो

मनाङ ,१२ असोज । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रहरीका अनुसार २०८३ असोज १२ गते बिहान करिब ११ बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव उद्धार गरी प्रदेश […]

पुरा पढ़नुश