सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ

कास्की, २५ साउन । सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरको छ ।   पक्राउ पर्नेहरूमा भारत घर भई पोखरा महानगरपालिका-२ मोहरीया टोल बस्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४५ वर्षीय मनिक लाल आदक, ४१ वर्षीय सोमनाथ पाल, ४४ वर्षीय तापस सामन्त, ४९ वर्षीय प्रोभास माझी, सोही महानगरपालिका-१ बिन्दावासिनी […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं, २५ साउन ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन ।   राष्ट्रपति भवन शीतल निवासमा आइबार भएको  सो  भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका  बारेमा जानकारी गराएकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ  ।   प्रधानमन्त्री  ओली यही साउन २० देखि २३ गतेसम्म ९५ […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा बारा जिल्लामा डिप बोरिङ अनुगमन, तत्काल समस्या समाधानमा सरकार प्रतिबद्ध

बारा, साउन  २५ गते । खानेपानी मन्त्री प्रदीप यादवले आज बारा जिल्लाको परवानिपुर र प्रसौनी गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङहरूको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेसका जिल्लामा खानेपानीको गम्भीर समस्या उत्पन्न भएको बताउँदै, तत्काल समाधानका लागि खानेपानी मन्त्रालय मातहतका निकायमार्फत डिप बोरिङको कार्य सुरु गरिएको जानकारी दिए। […]

पुरा पढ़नुश

खडेरीबाट ग्रस्त तराईमा वर्षाले ल्यायो हरियाली, स्थायी सिँचाइ समाधानमा सरकारको प्रतिबद्धता : प्रधानमन्त्री ओली

काठमाडौँ ,२५ साउन । प्रधानमन्त्री केपि शर्मा ओलीले खडेरीले प्रभावित तराईमा वर्षाले फेरि हरियाली फर्काउन थालेको बताएका छन्। सामाजिक सञ्जालमार्फत मन्तव्य सार्वजनिक गर्दै उनले पछिल्ला दिनमा परेको वर्षाले किसानको खेतमा हरियो सपना पुनः अंकुराउन थालेको उल्लेख गरेका छन्। उनका अनुसार यसवर्षको खडेरीले अन्नको भण्डार मानिने तराईका धेरै खेतमा धाँजा परेर रोपाइँ गर्न नसक्ने अवस्था सिर्जना […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीद्वारा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना

काठमाडौं, साउन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन पर्वको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले यी पर्वलाई सत्य, शुद्धता, स्वअनुशासन, आत्मीयता र मानव सभ्यताप्रतिको सम्मानको प्रतीकका रूपमा उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, “वर्षे बाली लगाइसकेर […]

पुरा पढ़नुश

फास्ट ट्रयाकको काम धमाधम, हालसम्म ४३ प्रतिशत मात्रै काम सम्पन्न

काठमाडौं, २४ साउन । काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम भइरहेको  छ।   खोकना, ललितपुरवाठ प्रस्थान बिन्दु भएर बारा, निजगढसम्म ७०.७९ किमी नेपालको नै पहिलो फास्ट्र ट्रयाक २.११ खर्ब लागतमा नेपाली सेनाले निर्माण गरिरहेको छ । जुन सडक खण्डमा ७ वटा सुरूङ मार्ग बन्नेछन भने ४ वटा सुरूङ मार्गको ब्रेक थ्रु भइकेको छ । […]

पुरा पढ़नुश

रसुवाका बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शब बनाएर दाहसंस्कार

बारा, २४ साउन । बारा जिल्लाको फेटा गाउँपालिका- १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुर गत असार २४ गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका थिए।   एक महिनासम्म खोजी गर्दा पनि उनको अवस्था अज्ञात नै रहँदा परिवारजन र आफन्तहरूले उनलाई मृत घोषित गर्दै कुशको शव बनाएर आज शुक्रवार दाहसंस्कार गरेका छन्।   प्रहरी जवान ठाकुर रसुवास्थित […]

पुरा पढ़नुश

ठोरीमा जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ

पर्सा,२४ साउन । पर्सा जिल्लामा जबरजस्ती करणी सम्बन्धी मुद्दामा एकजना व्यक्ति पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त जानकारी अनुसार ११ वर्षीया बालिकालाई बाख्रा चराउने क्रममा एक्लै पारी १० रुपैयाँको नोट दिई ललाइफकाई फकाई बलात्कार गरी फरार रहेका ठोरी गाउँपालिका २ का ४६ वर्षीय अशोक साहलाई प्रहरीले पक्राउ गरेको एसपी गौतम मिश्रले बताएका […]

पुरा पढ़नुश

बाराको मटिअर्वा सिमानाबाट भारतीय मोटरसाइकलसहित अवैध सामान बरामद

बारा, २३ साउन । बाराको मटिर्वा सिमानाबाट भारतीय नम्बर प्लेट BR-22U-6985 रहेको मोटरसाइकलमा लोड गरिएको भन्सार छलीका अवैध सामान बरामद गरिएको छ । भारतबाट नेपाल तर्फ ल्याउँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी बल बाराका प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका डिएसपी सुधीर खतिवडाको कमान्डमा खटिएको गस्ती टोलीले उक्त सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा […]

पुरा पढ़नुश

सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव तीन दिनमै छुटे, उजुरीकर्ताहरू फरार

 काठमाडौं, साउन २३ ।साढे ११ करोड रुपैयाँ ठगीको आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव तीन दिन प्रहरी हिरासतमा बसेर मुक्त भएका छन्। श्रीवास्तव आफूविरुद्ध परेको उजुरीपछि अनुसन्धानमा सहयोग गर्न स्वेच्छिक रूपमा जिल्ला प्रहरी परिसर, काठमाडौंतर्फ पुगेका थिए। गत बुधबार भद्रकालीस्थित प्रहरी कार्यालयमा उपस्थित भएका श्रीवास्तवमाथि प्रारम्भिक अनुसन्धानपछि प्रहरी कार्यालयले तीन दिनको म्याद थप गरी […]

पुरा पढ़नुश