भोटेकोशी बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला; राहत, पुनःस्थापना र सञ्चार पुनःस्थापनामा सरकार तीव्र

काठमाडौं,१३ भदौ  । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा भएको ठूलो जनधन तथा भौतिक क्षतिप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। बाढीपछि उद्धार, खोजी, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई सरकारले तीव्र बनाएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। प्रधानमन्त्री शाहका अनुसार शनिबार साँझ साढे ५ […]

पुरा पढ़नुश

कम्पनीबाट १५ क्विन्टल फलाम चोरी, जितपुरमा एक जना पक्राउ

बारा,१३ भदौ  । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ नितनपुर चोकस्थित एक कम्पनीबाट करिब १५ क्विन्टल फलाम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय जितपुर, बाराका प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.व.ना.नि.) उमेश निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले फलाम चोरी गरेको आरोपमा जिल्लाको गढीमाई नगरपालिका–८ रमौलीका ३४ वर्षीय मिथलेस सहनीलाई पक्राउ गरेको हो। प्रहरीका […]

पुरा पढ़नुश

भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख सहयोग गर्ने

वीरगन्ज ,१३ भदौ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना तथा पुनरुत्थानका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका (बोर्ड) बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। महानगरपालिकाका अनुसार सहयोग रकम विभिन्न आन्तरिक स्रोतबाट जुटाइनेछ। जसअनुसार […]

पुरा पढ़नुश

बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा पर्साका एक जनासहित २९ जना पक्राउ

धादिङ, भदौ १३।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राख्ने सेफ फेला पारी तोडफोड गरी भित्र रहेको रकम चोरी गरेको आरोपमा प्रहरीले पर्साका एक जनासहित २९ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोला, त्रिशूली नदी किनारमा फेला परेको […]

पुरा पढ़नुश

बाढी प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, हालसम्म ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले रक्षाबन्धनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै बाढी तथा विपद् प्रभावित क्षेत्रमा सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन्। उनले भनेका छन् ,”आज रक्षाबन्धन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गर्दछु। यस कठिन घडीमा विपद्बाट […]

पुरा पढ़नुश

बिरगञ्ज–२ मा नवनिर्मित सामुदायिक धर्मशालाको उद्घाटन, कार्यवाहक नगर प्रमुख आलमले गरे उद्घाटन

बिरगञ्ज, ११ भदौ । बिरगञ्ज महानगरपालिका–२ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक समारोहबीच उद्घाटन गरिएको छ। महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले धर्मशाला भवनको विधिवत् उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले धर्मशालाले स्थानीय समुदायका सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरवासीको आवश्यकता र स्थानीय […]

पुरा पढ़नुश

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ प्रस्थान

काठमाडौं, भदौ ११ । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह बिहान ९:३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गर्नुभएको हो। उहाँसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी हुनुहुन्छ। प्रधानमन्त्री कार्यालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुहुनेछ। […]

पुरा पढ़नुश

त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरीको आग्रह,एपीएफ कमाण्ड पोस्टको जिम्मेवारी एआईजी ठाडामगरलाई ।

काठमाडौं, ११ भदौ । फुटेको हिमतालबाट पानीको बहाव पूर्ण रूपमा नखोलिएको र जुनसुकै बेला पानीको बहाव पुनः बढ्न सक्ने सम्भावना रहेको भन्दै सशस्त्र प्रहरी बल, नेपालले त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सशस्त्र प्रहरीले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका घरपरिवारलाई सुरक्षित स्थानमा रहन तथा स्थानीय […]

पुरा पढ़नुश

खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर बारामा ३२ वर्षीय युवकको मृत्यु

बारा, भदौ १० । बाराको सिम्रौनगढ नगरपालिका–३ नयकाटोलामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिम्रौनगढ–३ नयकाटोला निवासी रामईश्वर दासका ३२ वर्षीय छोरा विजय दास रहेका छन्। प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे आफ्नै खेतमा मोटरबाट पानी निकाल्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि सिम्रौनगढस्थित […]

पुरा पढ़नुश

रसुवामा बाढीको भीषण संकट : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं, भदौ १० । रसुवामा भोटेकोसी नदीमा आएको बाढीपछि सरकारले उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि सम्पूर्ण संयन्त्र परिचालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ भने अन्य जिल्लाबाट थप जनशक्तिसमेत प्रभावित क्षेत्रतर्फ पठाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल […]

पुरा पढ़नुश