भोटेकोसीमा ठूलो बाढी प्रवेश, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृहमन्त्रीको आग्रह

काठमाडौं, भदौ १० — रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सरकारले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गृहमन्त्री सुधन गुरुङले अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका भूभागलाई उच्च जोखिममा रहेको जनाउँदै रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी किनारमा बसोबास गर्ने परिवारलाई तत्काल सुरक्षित […]

पुरा पढ़नुश

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

वीरगञ्ज, भदौ १० । इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मोत्सव ईद–ए–मिलादुन्नबीको अवसरमा वीरगञ्जमा विशेष ‘सिरतुन नबी’ कार्यक्रम तथा शान्ति सभा सम्पन्न भएको छ। वीरगञ्ज मुस्लिम समाजको आयोजनामा बुधबार आयोजित कार्यक्रममा मुस्लिम समुदायका अगुवा, धार्मिक गुरु, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। इस्लामिक क्यालेन्डरको तेस्रो महिना रबी–उल–अव्वलको […]

पुरा पढ़नुश

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

काठमाडौं, ९ भदौ । मोहम्मद जयन्तीको अवसरमा सरकारले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेकोले उक्त दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिइएको हो। मिति २०८२/११/१८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली […]

पुरा पढ़नुश

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत

वीरगञ्ज, ९ भदौ । मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीको अवसरमा वीरगञ्ज महानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालयमा भोलि (बुधबार) सार्वजनिक बिदा दिइएको छ। वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन सार्वजनिक बिदा रहने जनाएको हो। महानगरपालिकाको प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखाका अधिकृत विजय […]

पुरा पढ़नुश

ब्राउन सुगरसहित पर्सामा एक जना पक्राउ

वीरगञ्ज, ९ भदौ । पर्सामा प्रहरीले ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका–१५ स्थित बाइपास सडकखण्डबाट उनलाई नियन्त्रणमा […]

पुरा पढ़नुश

स्टाफ नर्समा नाम निकालिदिने भन्दै ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज, ९ भदौ । स्टाफ नर्समा नाम निकालिदिने भन्दै ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पीडितबाट रकम लिई स्टाफ नर्समा नाम निकालिदिने आश्वासन दिएको भन्ने सूचनाका आधारमा मिति २०८३ भदौ ८ गते साँझ करिब ५ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–८ बाट उनलाई […]

पुरा पढ़नुश

भन्सार छलीका १० लाख रुपैयाँ बराबरका कपडासहित वीरगञ्जका दिपेन्द्र साह पक्राउ

वीरगञ्ज, ९ भदौ । पर्सामा भारतबाट भन्सार छली चोरी–पैठारी गरी नेपाल भित्र्याइँदै गरेको करिब १० लाख रुपैयाँ बराबरका लत्ताकपडासहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१७ निवासी २५ वर्षीय दिपेन्द्र साह रहेका छन्। पर्साको जिराभवानी गाउँपालिका–१, बलुवा क्षेत्रमा भारतबाट भन्सार छली गरी विभिन्न किसिमका लत्ताकपडा नेपालतर्फ ल्याउँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी […]

पुरा पढ़नुश

एपीएफ ठाकुदेवी–जोगेन्द्र भगत विद्यालयको निरीक्षण, शैक्षिक व्यवस्थापनबारे छलफल

जनकपुरधाम,९ भदौ  । मधेस प्रदेशमा रहेको नेपाल एपीएफ ठाकुदेवी–जोगेन्द्र भगत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले विद्यालयको निरीक्षण गर्दै व्यवस्थापन समिति पदाधिकारी तथा शिक्षकहरूसँग छलफल गर्नुभएको छ। निरीक्षणका क्रममा डीआईजी भट्टले विद्यालयको समग्र शैक्षिक अवस्था, भौतिक पूर्वाधार, विद्यार्थीको पठनपाठन तथा विद्यालयको व्यवस्थापन […]

पुरा पढ़नुश

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी बने प्रहरी सहायक हवल्दार राजेश कुमार यादव

जनकपुरधाम, भदौ ९। मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक हवल्दार राजेश कुमार यादवलाई २०८३ साल साउन महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ। ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम छनोट भएका यादवलाई मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओमप्रसाद अधिकारीले प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गर्दै सम्मान गरेका हुन्। […]

पुरा पढ़नुश

मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको सकुशल उद्धार,  अस्पतालमा उपचार हुँदै

विराटनगर ,८ भदौ । मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ। करिब २–३ दिनको जस्तो देखिने नवजात शिशु छोरा मालपोत कार्यालय अगाडि फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शिशुको उद्धार गरेको हो। प्रहरीले शिशुलाई तत्काल उपचारका […]

पुरा पढ़नुश