घरअगाडिबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला

बारा ८ भदौ ।घरअगाडिबाट हराएकी दुई वर्षीया बालिका करिब १२ घण्टापछि सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल भदौ ६ गते साँझ ५:३० मा घरअगाडिबाट हराएकी थिइन्। बालिका हराएको जानकारी उनका हजुरबुबा मदन मण्डलले साँझ करिब ८ः४५ बजे अस्थायी प्रहरी पोष्ट बसपार्क बारामा […]

पुरा पढ़नुश

छिपहरमाईको भिस्वामा गाँजासहित दुई भारतीय नागरिक पक्राउ

पर्सा,८ भदौ ।  सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले पर्सामा ५ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला पर्साको छिपहरमाई गाउँपालिका–५, भिस्वा चेक प्वाइन्टमा आइतबार करिब १ः४५ बजे नेपालबाट भारततर्फ जाँदै गरेको BR05-S-5953 नम्बरको भारतीय मोटरसाइकललाई शंकास्पद रूपमा रोकी चेकजाँच गर्दा मोटरसाइकलको ट्यांकीमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ५ किलो गाँजा […]

पुरा पढ़नुश

पर्साको ढोङ्गही खोलामा डुबेर बेपत्ता ६० वर्षीय पुरुषको शव फेला

वीरगञ्ज,६ भदौ  । पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा डुबेर बेपत्ता भएका एक पुरुषको शव सशस्त्र प्रहरीले फेला पारेको छ। बुधबार साँझ करिब ६ः१५ बजे भैंसी चराउन गएका बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिर खोलामा डुबेर बेपत्ता भएको स्थानीयले जानकारी गराएपछि खोज तथा उद्धारका लागि सुरक्षा बेश पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक […]

पुरा पढ़नुश

भन्सार छलीका करिब ९४ लाख रुपैयाँ मूल्यका कस्मेटिक सामानसहित पिकअप र चालक पक्राउ

वीरगञ्ज ,६ भदौ । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब ९४ लाख ९१ हजार ५ सय ८८ रुपैयाँ मूल्य बराबरका कस्मेटिक सामानसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ ५ गते बिहान करिब १० बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०१–०३४ […]

पुरा पढ़नुश

झापामा १८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय ब्यक्ति पक्राउ

झापा ,६ भदौ । झापाको मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ कै ४० वर्षीय अशोककुमार राई रहेका छन्। प्रहरीका अनुसार राईले ती युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोप छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका राईमाथि […]

पुरा पढ़नुश

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन ,६ भदौ । चितवनको खैरहनी नगरपालिका–१, तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो करिब १२:२३ बजे नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल […]

पुरा पढ़नुश

पर्सा प्रहरी कर्मचारीलाई तनाव व्यवस्थापनसम्बन्धी अनुशिक्षण

वीरगञ्ज ,६ भदौ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कर्मचारीहरूलाई तनाव व्यवस्थापनसम्बन्धी अनुशिक्षण तालिम प्रदान गरिएको छ। मिति २०८३ भदौ ५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा डा. निरज कुमार सिंहले प्रहरी कर्मचारीहरूलाई तनाव व्यवस्थापनसम्बन्धी अनुशिक्षण प्रदान गर्नुभएको प्रहरीले जनाएको छ। तालिमका क्रममा प्रहरी सेवामा कार्यरत कर्मचारीहरूले भोग्नुपर्ने मानसिक तनाव, कार्यक्षेत्रको दबाब तथा […]

पुरा पढ़नुश

गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्री गुरुङको गम्भीर  चासो, ‘पहिलो प्राथमिकता गरिमालाई न्याय’-मृत्युदण्डको मागबारे गृहमन्त्रीको धारणा यस्तो

बारा ,६ भदौ ।सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको जघन्य हत्या प्रकरणमा गृहमन्त्री सुधन गुरुङले गम्भीर चासो व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले घटनाबाट आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताएका छन्। गृहमन्त्री गुरुङले गरिमामाथि भएको अपराध एउटा परिवारको मात्र पीडा नभई सम्पूर्ण समाजको पीडा भएको उल्लेख गर्दै घटनाप्रति आम नागरिक, […]

पुरा पढ़नुश

पेटभित्र १५० ग्राम सुनजस्तो धातु लुकाएर ल्याउने बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं,५ भदौ  । पेटभित्र लुकाएर सुनजस्तो देखिने धातु ल्याएका एक बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। फ्लाई दुबईको उडान नम्बर FZ1133 मार्फत २०८३ साल साउन ३१ गते बिहान १०ः३० बजे दुबईबाट काठमाडौं आएका ३५ वर्षीय MOHAMMAD RASEL HALDAR लाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी पार्किङ एरियातर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको […]

पुरा पढ़नुश

राजविराजमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज,५ भदौ ।  सप्तरीको राजविराज नगरपालिका–६ स्थित बागेश्वरी मन्दिर नजिक भित्री सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। राजविराजबाट सखडातर्फ जाँदै गरेको को १ ख ४६०७ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स ११ प ५५८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको रुपनी गाउँपालिका–२, रामपुर निवासी […]

पुरा पढ़नुश