विद्युत् सर्ट हुँदा बाराको सिम्रौनगढमा घरमा आगलागी 

बारा, ६ असार । बाराको सिम्रौनगढ नगरपालिकामा विद्युत् तार सर्ट भई भएको आगलागीबाट एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार दिउँसो करिब १ बजे सिम्रौनगढ नगरपालिका–१ ढाँट गाउँ निवासी जलेन्द्र मुखियाको खरले छाएको फुसको भान्सा कोठामा विद्युत् तार सर्ट भई आगलागी भएको हो। आगलागीका कारण घरभित्र रहेका कपडा, […]

पुरा पढ़नुश

अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न : “६५ ठूला भ्रष्टाचारका फाइल तत्काल खोलियोस्”

काठमाडौं ,६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सान्सद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कडा आलोचना गर्दै लामो समयदेखि थन्किएका ठूला भ्रष्टाचारका मुद्दा तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले विगत ३५ वर्षदेखि राजनीतिक प्रभावका कारण अख्तियार कमजोर बनेको आरोप लगाए। उनले “ठूला भ्रष्टाचारीलाई […]

पुरा पढ़नुश

२० वर्षपछि हत्याका आरोपी पक्राउ, पुर्पक्षका लागि जेल चलान

बारा, ६ असार। दुई दशकअघि बारा जिल्लामा भएको एक जघन्य हत्या प्रकरणका फरार आरोपीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशपछि पुर्पक्षका लागि जेल चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०६२ असोज ३ गते बिहान करिब १० बजे तत्कालीन मोतिसर गाविस–९ (हाल कलैया उपमहानगरपालिका–१८) निवासी ४० वर्षीय सितल प्रसाद चौरसिया नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट ड्युटी […]

पुरा पढ़नुश

६५ सार्वजनिक सवारी चालकको आँखा परीक्षण सम्पन्न, सुरक्षित यात्रामा जोड

वीरगञ्ज, ६ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको ‘ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३’ अन्तर्गत सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। ‘ट्राफिक नियमको पालना गरौं, सवारी दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा ६५ जना सार्वजनिक सवारी चालकहरूको आँखा परीक्षण गरिएको हो। वीरगञ्ज कम्युनिटी आई सेन्टरको सहयोगमा […]

पुरा पढ़नुश

उज्यालो वीरगञ्ज’ अभियानको प्रभाव : झिलिमिली बन्दै सहर, सुरक्षित बन्दै जनजीवन

(‘उज्यालो वीरगञ्ज’ अभियानले फेरिँदै सहरको स्वरूप, गाउँ–टोलसम्म पुग्यो आधुनिक प्रकाश व्यवस्था) वीरगञ्ज, असार ५ — वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘उज्यालो वीरगञ्ज’ अभियानले सहरको रात्रीकालीन स्वरूपमा उल्लेखनीय परिवर्तन ल्याएको छ। मुख्य सडक, चोक, धार्मिक स्थल, पार्क, पुल तथा ग्रामीण बस्तीहरूमा आधुनिक बत्ती जडान र विद्युत व्यवस्थापन सुधारका काम तीव्र रूपमा अघि बढेपछि वीरगञ्ज झिलिमिली र आकर्षक […]

पुरा पढ़नुश

सार्वजनिक सवारीमा पर्सा ट्राफिक प्रहरीको अनुगमन, बढी यात्रु बोक्न र आरक्षण सिट उल्लंघन गर्नेलाई चेतावनी

वीरगञ्ज, ५ असार  । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राखे/नराखेको, आरक्षण सिटको व्यवस्था कार्यान्वयन भए/नभएको तथा तोकिएको भाडादर पालना भए/नभएको विषयमा विशेष अनुगमन गरेको जनाएको छ। यात्रुको सुरक्षा, सहज यात्रा तथा उपभोक्ता अधिकारको संरक्षणलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अनुगमनका क्रममा सार्वजनिक सवारी साधनहरूले प्रचलित कानुन तथा मापदण्ड […]

पुरा पढ़नुश

विपद् पूर्वतयारीमा सशस्त्र प्रहरी सक्रिय : काठमाडौं र बागमती नदीमा उद्धार सिमुलेशन अभ्यास सम्पन्न

काठमाडौं, ५ असार । मनसुनजन्य तथा आकस्मिक विपद्का घटनामा प्रभावकारी उद्धार तथा व्यवस्थापन क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले काठमाडौं र बागमती नदी क्षेत्रमा दुईवटा महत्वपूर्ण विपद् व्यवस्थापन सिमुलेशन अभ्यास सम्पन्न गरेको छ। काठमाडौंको टोखा स्थित चण्डेश्वरी अस्पतालको प्राङ्गणमा सशस्त्र प्रहरी बल नेपाल नं. १८ बाघभैरव गण, काठमाडौंले विभिन्न सरोकारवाला निकायहरूको सहभागितामा “सडक […]

पुरा पढ़नुश

ब्राउन सुगरसहित भारतीय नागरिक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज, असार ५ । पर्सा प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट १ ग्राम ०.९ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न उनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त लागुऔषध फेला पारेको जनाएको छ। पक्राउ […]

पुरा पढ़नुश

स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौं, असार ५।काठमाडौंको लाजिम्पाटस्थित एक बारबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित क्रिप्टोकरेन्सी (Crypto Currency) कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार साँझ करिब ८ बजे अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले छापा मारेर दुई जनालाई […]

पुरा पढ़नुश

पर्सामा मादक पदार्थ सेवन ,ला.प.से.जाँच अभियान: ५ चालक नियन्त्रणमा

वीरगञ्ज, असार ४ — जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र नारायणी अस्पताल वीरगञ्जको संयुक्त सहकार्यमा सञ्चालन गरिएको मादक पदार्थ सेवन तथा ला.प.से. परीक्षण अभियान अन्तर्गत ५ जना सवारी चालक नियन्त्रणमा परेका छन्। बिहिवार  जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्षेत्रमा सञ्चालन गरिएको विशेष जाँच अभियानमा पथलैया–वीरगञ्ज सडकखण्डमा आवतजावत गर्ने निजी तथा सार्वजनिक सवारी साधनका चालकहरूको स्वास्थ्य […]

पुरा पढ़नुश