सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी : रु. १५ लाख ४८ हजारभन्दा बढीको अवैध सामान बरामद

समाचार

सिरहा, २ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण मुख्यालय सिरहाले सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको सुरक्षा तथा निगरानी अभियानका क्रममा अवैध रूपमा भित्र्याइएका मोटरसाइकलसहित विभिन्न सामग्री बरामद गरेको छ।

गणका अनुसार मिति २०८३ साउन १ गते सिरहा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट मोटरसाइकल तथा अन्य विभिन्न अवैध सामग्री बरामद गरिएको हो। बरामद गरिएका सामानको कुल अनुमानित मूल्य रु. १५ लाख ४८ हजार ८७० रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा भन्सार छली नियन्त्रणका लागि नियमित गस्ती, चेकजाँच र विशेष निगरानी अभियानलाई तीव्र बनाइएका कारण उक्त सामान बरामद गर्न सफल भएको जनाइएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ। साथै, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध अभियानलाई अझ प्रभावकारी बनाउँदै निरन्तर कारबाही जारी रहने सुरक्षा अधिकारीहरूले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *