रसीद आलम,बिरगंज ,२० चैत ।
वडा प्रहरी कार्यालय बिर्ताले चोरीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।२ जनालाई मोटरसाइकल चोरी गरेको आरोपमा र एक जनालाई घरको ताल्चा फुटाई चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चैत १६ गते वीरगंज महानगरपालिका वडा नं.१० स्थित पुजन होटल अगाडी पार्किङग गरी राखेको बिआर ०५ एएम ०७९३ नम्बरको भारतीय मोटरसाईकल चोरी भएको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका टोलीले खोज तलाश गर्दै जाँदा चैत १९ गते पर्साको बिरगंज महानगरपालिका वडा नं.२६ स्थित सडकमा सो मोटरसाईकल बरामद गरेको हो।
सो मोटरसाइकल चलाई जादै गरेको अवस्थामा बिरगंज महानगरपालिका वडा नं.४ बस्ने रामअज्ञा गोसाईको छोरा बर्ष २६ को बिजय गोसाईलाई नियन्त्रणमा लिएको बिर्ता प्रहरीले जनाएको छ।त्यस्तै, वडा नं.२६ बस्ने ऐजाजुल अंसारीको छोरा बर्ष २५ को सर्फराज अंसारीलाई चोरीको ना.१६ प.२५२६ नम्बरको स्कुटीसहित बिर्ताबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।
चैत १८ गते राती १२:३० बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित ठाकुरराम बहुमुखी क्यामपस पछाडि रहेको श्रवण सरार्फको घरको ताल्चा फुटाई चोरी गरिरहेको अवस्थामा देश भारत मोतिहारी जिल्ला घर भई हाल जिल्ला बारा सिमरा उप- महानगपालिका वडा नं ७ बस्ने बर्ष ३० को प्वेज खानलाई ताल्चा फुटाउने औजार सहित नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बिर्ताको प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
सो सम्बन्धमा थप अनुसन्धान भैइरहेको प्रहरी निरीक्षक बोगटीले बताए।
