प्रधानमन्त्री ओलीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

समाचार

काठमाडौँ ,३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सबै नेपालीलाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा उनले कर्म, ज्ञान र प्रेम (भक्ति)को बाटो देखाउने भगवान् श्रीकृष्णको शिक्षाले सबैको जीवन आलोकित बनाउन सकोस् भन्ने कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले कृष्ण जन्माष्टमीले समाजमा सत्य, धर्म र सदाचारको मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *