ललितपुरको संगम फुड प्रोडक्समा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा

समाचार

ललितपुर, साउन १९। ललितपुर महानगरपालिका–६ स्थित पाटन औद्योगिक क्षेत्रमा रहेको संगम फुड प्रोडक्समा सोमबार लागेको आगलागी सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण ललितपुरबाट खटिएको एपीएफको टोली, ललितपुर महानगरपालिकाको दमकल, नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाहरू घटनास्थलमा परिचालित भएका थिए।

सम्बन्धित निकायहरूको समन्वयात्मक र तीव्र प्रयासका कारण आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सफल भएको हो। आगलागीबाट भएको क्षतिको विवरण तथा आगलागीको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाएको छ।

सुरक्षा निकायले यस्ता विपद्का घटनामा उच्च सतर्कताका साथ उद्धार तथा नियन्त्रण कार्यलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *