सैफअली माथी हमलामा अन्य ब्यक्ति पनि संलग्न भएको आशंका

मुम्बइ, ३ बैशाख । अभिनेता सैफ अली खानमाथि हमलाको मुद्दामा चार्जशीट दायर भएपछि हरेक दिन नयाँ खुलासा भइरहेका छन् ।   अब यो प्रकरणमा नयाँ ट्विस्ट आएको छ । चार्जशीटका अनुसार पुलिस र फरेन्सिक टोलीले अभिनेताको घरबाट फेला पारेका औंठाछापहरू अभियुक्त शरीफुल इस्लाम शाहजादसँग मेल खाँदैनन्।   वास्तवमा सैफ अली खानको घरबाट कुल २० वटा […]

पुरा पढ़नुश

वीरगञ्जमा समाचार संकलन गरिरहेका पत्रकारमाथि आक्रमण, नेपाल पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण

पर्सा, २ वैशाख । वैशाख २ गते साँझ वीरगञ्जमा भएको प्रदर्शनको समाचार संकलनमा खटिएका पत्रकारहरू माथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ, पर्साले गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रदर्शनको समाचार संकलन गरिरहेका एभी न्यूज टेलिभिजनका सञ्चारकर्मी अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी ढुंगामुढा र प्रहरीको लाठीको चोटबाट घाइते भएका छन्। महासंघले […]

पुरा पढ़नुश

सामाजिक सञ्जालमा भ्रामक सामग्री नपोस्ट गर्न पर्सा प्रशासनको आग्रह

पर्सा, २ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत समाजमा द्वेष, उत्तेजना र तनाव फैलाउने भ्रामक सामग्रीहरू नपोस्ट गर्न, शेयर, लाइक वा कमेन्ट समेत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रशासनले पछिल्लो समय वीरगञ्जसँग कुनै सम्बन्ध नराख्ने तर समाजमा अस्थिरता र अशान्ति फैलाउने खालका सामग्रीहरू सामाजिक सञ्जालमा देखा परेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। […]

पुरा पढ़नुश

आईजीपी थापाको पहिलो बोल्ड निर्णय : ६१ जना इन्सपेक्टरमा बढुवा सिफारिस

काठमाडौं, २ बैशाख – नेपाल प्रहरीले लामो समयदेखि रोकिएको इन्सपेक्टर तहको बढुवामा ठुलो निर्णय गरेको छ। आइतबार साँझ ६१ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरिएको हो। जानकारहरूका अनुसार यो निर्णयलाई प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको पहिलो ‘बोल्ड एक्सन’ मानिएको छ, किनभने यसपटक बढुवा भएका सबैजना सिनियर टोली अर्थात् २०५८ […]

पुरा पढ़नुश

तीनकुने घटनामा दुःख व्यक्त गरे पनि जिम्मेवारी नलिए पूर्वराजा ज्ञानेन्द्रप्रति एमालेको आलोचना

काठमाडौं, २ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरे पनि जिम्मेवारी नलिएको भन्दै आलोचना गरेको छ। एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराजाले आफैंले तोकेको कमाण्डरको नेतृत्वमा अप्रिय घटना घटेको बताउँदै, उनले जिम्मेवारी लिनुपर्ने आवश्यकता रहेको बताए। उनले पूर्वराजाको “नेपाली जनतामा जागरण आएको” भन्ने […]

पुरा पढ़नुश

जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्वः राष्ट्रपति

नगरकोट, २ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताएका छन। राष्ट्रपति पौडेलले नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ समारोहलाई सम्वोधन गर्दै सोमबार यस्तो बताएका हुन । ‘पर्यटन, कृषि, जलस्रोत, […]

पुरा पढ़नुश

सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी

मुम्बई, २ बैशाख । बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन ।   अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवको छड्के अनुगमन : मेलम्ची विकास समितिमा १६ कर्मचारी अनुपस्थित

काठमाडौँ, १ बैशाख — खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा विशेष टोलीले आइतबार (मिति २०८१ साल चैत ३१ गते) खानेपानी मन्त्रालयअन्तर्गतका विभिन्न विभाग, समिति तथा कार्यालयहरूमा छड्के अनुगमन गरेको छ। हालसालै कार्यालयमा कर्मचारीहरूको अनुपस्थिति र समयपालन नगर्ने प्रवृत्तिबारे व्यापक गुनासा उठिरहेका सन्दर्भमा उक्त अनुगमन गरिएको मन्त्री यादवले जानकारी दिए। अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग […]

पुरा पढ़नुश

कोहलीले बने १०० अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान

काठमाडौं, १ बैशाख । राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन् ।   उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो ।   कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए, यो यस्तो उपलब्धि हासिल गर्ने उनी एसियाकै पहिलो ब्याट्सम्यानसमेत बनेका छन् ।   उनी यस्तो उपलब्धि हासिल गर्ने एशियाकै पहिलो ब्याट्सम्यान बनेका […]

पुरा पढ़नुश

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी : सभा, जुलुस, प्रदर्शन गर्न प्रतिबन्ध

पर्सा ,१ बैशाख । वीरगञ्जमा लागू गरिएको कर्फ्यु आदेश हटाइएको छ भने केही क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित सूचनामा मिति २०८१ चैत ३० गते साँझ ७:३० बजेदेखि लागू गरिएको कर्फ्यु आदेश मिति २०८१ चैत ३१ गते राति १२:०० बजेदेखि हटाइएको उल्लेख गरिएको छ। जिल्ला सुरक्षा […]

पुरा पढ़नुश