बारामा तस्करी संजाल ध्वस्त हुदै ,सशस्त्रको तस्करीविरुद्ध कार्वाहीमा दुई महिनामै १ करोड २० लाखभन्दा बढीको अवैध सामान बरामद, बरैनिया बीओपीको मात्रै ४८ लाख ५० हजारको योगदान

बारा, साउन १९ ।भारत–नेपाल सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले सञ्चालन गरेको विशेष अभियान उल्लेखनीय रूपमा प्रभावकारी बनेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालको नेतृत्वमा सञ्चालन भइरहेको अभियानअन्तर्गत सीमावर्ती नाकाहरूमा निगरानी बढाइएपछि तस्करी संजालमाथि निरन्तर प्रहार हुँदै आएको छ। सशस्त्र प्रहरीका अनुसार अभियानकै क्रममा बि.ओ.पि. […]

पुरा पढ़नुश

बारामा सशस्त्रको तस्करीविरुद्ध कडा प्रहार : एसपी सिलवालको नेतृत्वमा अभियान तीव्र, बरैनिया बीओपीद्वारा करिब ३२ लाखको अवैध सामान बरामद

बारा, साउन १९ । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो सफलता हासिल गरेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियान अन्तर्गत बि.ओ.पि. बरैनियाले साउन महिनामै करिब ३२ लाखको अवैध सामान बरामद गरेको छ। बरैनियाका सशस्त्र प्रहरी निरीक्षक […]

पुरा पढ़नुश

काठमाडौंमा एपीएफ इन्टेलिजेन्स ब्युरोको ठूलो सफलता : २९६.७५ ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ

काठमाडौं, साउन १९। सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–१, नक्सालस्थित नागपोखरी क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। मिति २०८३ साउन १८ गते सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा टोलीले २९६.७५ ग्राम ब्राउन सुगर, लागुऔषध उत्पादन तथा प्रशोधनमा प्रयोग हुने रसायन, बा ७ च ५१८० नम्बरको होण्डा कार, विभिन्न प्रकारका लागुऔषध […]

पुरा पढ़नुश

ललितपुरको संगम फुड प्रोडक्समा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा

ललितपुर, साउन १९। ललितपुर महानगरपालिका–६ स्थित पाटन औद्योगिक क्षेत्रमा रहेको संगम फुड प्रोडक्समा सोमबार लागेको आगलागी सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा पूर्ण रूपमा नियन्त्रणमा आएको छ। आगलागीको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण ललितपुरबाट खटिएको एपीएफको टोली, ललितपुर महानगरपालिकाको दमकल, नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाहरू घटनास्थलमा परिचालित […]

पुरा पढ़नुश

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते, चालक फरार

कपिलवस्तु, साउन १९ ।कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार शिवपुराबाट जगदिशपुरतर्फ जाँदै गरेको लु.प्र. ०१–००३ प १५६१ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–६ गोवरी निवासी २५ वर्षीय अक्षय […]

पुरा पढ़नुश

धर्मका नाममा साम्प्रदायिक सद्भाव बिगार्ने प्रयास सह्य हुँदैन : गृहमन्त्री सुधन गुरुङ

काठमाडौं ,१८ साउन । गृहमन्त्री सुधन गुरुङले धर्मका नाममा साम्प्रदायिक सद्भाव भड्काउने, हिन्दू–मुस्लिम समुदायबीच मनमुटाव सिर्जना गर्ने तथा भ्रामक सूचना (फेक न्युज) फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने कुनै पनि प्रयास राज्यका लागि अस्वीकार्य हुने स्पष्ट गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले नेपालको धार्मिक सहिष्णुता, सामाजिक एकता र सद्भावलाई कमजोर पार्ने गतिविधिमा संलग्न […]

पुरा पढ़नुश

अनुसन्धान नसकिँदै भ्रामक समाचार नप्रकाशन गर्न पर्सा प्रहरीको आग्रह

वीरगञ्ज ,१८ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुर सम्बन्धी एक घटनाको अनुसन्धान जारी रहेको अवस्थामा अपुष्ट, अनुमानमा आधारित वा एकपक्षीय समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ। प्रहरीका अनुसार मिति २०८३ साउन ९ गते वीरगञ्ज महानगरपालिका–१३, राधेमाई टोलमा भएको बालबालिकाविरुद्धको कसुर सम्बन्धी किटानी जाहेरी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको […]

पुरा पढ़नुश

पर्सामा साढे २३ लाख भन्दा बढीका अवैध सामान र सवारीसाधन बरामद

वीरगञ्ज, साउन १८ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको विशेष कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा तिनको ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरी भन्सार कार्यालयमा बुझाएको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार २०८३ साउन १७ र १८ गते नं. १३ गण मुख्यालय पर्सा, सीमा सुरक्षा […]

पुरा पढ़नुश

मधेशमा शान्ति–सुरक्षा सुदृढ बनाउन एआईजी ठाडा मगरको निर्देशन

वीरगञ्ज,१७ साउन  । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश बहादुर ठाडा मगर मधेश प्रदेशमा खटिई प्रदेशभरको शान्ति–सुरक्षा अवस्थाबारे सरोकारवाला निकायहरूसँग समन्वयात्मक छलफल गर्नुभएको छ। उहाँले स्थानीय प्रशासन, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूसँग प्रभावकारी समन्वय कायम गर्दै प्रदेशको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यक रणनीतिका विषयमा छलफल गर्नुभएको हो। एआईजी ठाडा मगरले मधेश […]

पुरा पढ़नुश

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गर्ने सिक्री लुटपाटका फरार आरोपीमाथि गोली प्रहार, पक्राउ

काठमाडौं,१७ साउन  । जिल्ला काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल क्षेत्रबाट सिक्री लुटपाट घटनामा संलग्न भई फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा तामाङले आफूसँग रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड गोली […]

पुरा पढ़नुश