सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिप्रति कडा चेतावनी : सामाजिक सञ्जाल निगरानीमा, कानूनी कारबाही हुने

पर्सा, २० पुस। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा हस्ताक्षरित सूचनामार्फत सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने गतिविधिप्रति कडा चेतावनी दिइएको छ। सूचनामा सामाजिक सञ्जालमार्फत झुट्टा अफवाह फैलाउने, धार्मिक वा सांस्कृतिक द्वेष सिर्जना गर्ने तथा कुनै समुदायको सामाजिक मान–मर्यादामा आँच पुर्‍याउने कार्यमा संलग्न व्यक्तिहरूको गतिविधि सूक्ष्म रूपमा निगरानी भइरहेको […]

पुरा पढ़नुश

धनुषा जिल्लामा मस्जिद तोडफोड र पवित्र कुरान जलाएको घटनाविरुद्ध वीरगञ्जमा मुस्लिम समुदायको व्यापक प्रदर्शन

पर्सा, २० पुस। धनुषा जिल्लाको कमला नगरपालिका–६ स्थित मुस्लिम टोलमा रहेको मस्जिदमा अज्ञात समूहले तोडफोड गरी पवित्र कुरान जलाएको घटनाको कडा विरोधमा आइतबार वीरगञ्जमा मुस्लिम समुदायले व्यापक प्रदर्शन गरेका छन्। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई भाइरल भएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो। बिहानैदेखि सुरु भएको प्रदर्शनमा हजारौं प्रदर्शनकारी सहभागी भएका थिए। घण्टाघर, मुर्ली, छपकैया […]

पुरा पढ़नुश

२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरीद्वारा बृद्धाश्रममा खाद्यान्न तथा निःशुल्क स्वास्थ्य सेवा

सुर्खेत, पुस २०। २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय तथा एपीएफ फिल्ड अस्पताल सुर्खेतको संयुक्त आयोजनामा सामाजिक उत्तरदायित्वअन्तर्गत विशेष कार्यक्रम सम्पन्न गरिएको छ। सो अवसरमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–३ स्थित प्रशान्ति बृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरूलाई खाद्यान्न सामग्री वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण […]

पुरा पढ़नुश

गोदावरीमा आयोजित Underground Musical Party बाट ६ विदेशी र ३ नेपाली नागरिक लागू औषधसहित पक्राउ

ललितपुर, पुस २०। दक्षिण एशियाका विभिन्न देशहरूमा आयोजना हुँदै आएका Underground Musical Party हरूको गतिविधि विश्लेषणका क्रममा गोदावरीमा आयोजित एक गोप्य सांगीतिक कार्यक्रममा लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले ठूलो कारबाही गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले स्थानीय प्रहरीको सहयोगमा मिति २०८२।०९।१६ गते जिल्ला ललितपुर गोदावरी नगरपालिका–२ स्थित विशंखु नारायणको […]

पुरा पढ़नुश

६६ किलो गाँजासहित तीन जना पक्राउ

मकवानपुर, पुस १९। मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पुस १८ गते राति करिब ८ बजे इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–८ स्थित युक्ती खोलाको किनार क्षेत्रमा शंकास्पद अवस्थामा पिठ्युमा भारी बोकी हिँडिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–८ क्याङराङ निवासी ४१ वर्षीय […]

पुरा पढ़नुश

शितलहरको चपेटामा परेका बिपन्न परिवारलाई कम्बल वितरण

पर्सा, १९ पुस । पर्सा जिल्लामा बढ्दो जाडो र शितलहरका कारण प्रभावित बिपन्न तथा गरिब घरपरिवारलाई जोगाउन न्यानो कपडा तथा कम्बल वितरण गरिएको छ। जिल्लाको ग्रामीण भेग महुवनमा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक तथा सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख एसपी […]

पुरा पढ़नुश

लागू औषधसहित झापा र सुनसरीबाट ६ जना पक्राउ

विराटनगर, पुस १९ गते । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध कारोबार नियन्त्रणका लागि प्राप्त विशेष सूचनाको आधारमा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्। पुस १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा खटिएको अस्थायी प्रहरी पोष्टको टोलीले चार जनालाई लागू औषधसहित नियन्त्रणमा लिएको […]

पुरा पढ़नुश

मकवानपुर प्रहरीको ठूलो सफलता तीन महिनाको अवधिमा अवैध चौपाया ओसारपसारमा संलग्न १० जना पक्राउ, ८५ गाई–गोरु र ६ सवारी साधन नियन्त्रणमा

हेटौंडा, १८ पुस। मकवानपुर प्रहरीले अवैध रूपमा चौपाया (गाई–गोरु) ओसारपसार गर्ने गिरोहविरुद्ध ठूलो सफलता हासिल गरेको छ। जेन्जी आन्दोलन पश्चात् पछिल्लो तीन महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएका ८५ वटा चौपाया, ६ वटा सवारी साधन र १० […]

पुरा पढ़नुश

६५ लाखभन्दा बढी नगद तथा गरगहना सहित चोरीमा संलग्न युवक पक्राउ

काठमाडौं, पुस १८। काठमाडौं महानगरपालिका–४, बलुवाटारस्थित दुई निजी कम्पनीमा भएको ठूलो परिमाणको चोरी घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२, खुर्सीनिटार निवासी २४ वर्षीय दुर्गा बहादुर के.सी. रहेका छन्। प्रहरीका अनुसार दुर्गा बहादुर के.सी.ले **स्ट्रोर्म नेटवर्क प्रा.लि.**बाट रु. ४८,७२,६२० (अक्षरेपी अठचालीस लाख बहत्तर हजार छ सय बीस) तथा **इको भ्याली […]

पुरा पढ़नुश

काठ चोरी–तस्करीविरुद्ध पर्सा प्रहरीको कडाइ, सालको फर्निचरसहित एक व्यक्ति पक्राउ

पर्सा, १८ पुस। पर्सा प्रहरीले काठ चोरी तथा तस्करीविरुद्धको अभियानलाई निरन्तरता दिँदै अवैध रूपमा सालको काठ प्रयोग गरी बनाइएका फर्निचर सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ। मिति २०८२।०९।१६ गते अपराह्न करिब २:३० बजे, जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २७ दरदर्वा स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा […]

पुरा पढ़नुश