भन्सार छलीका २०० केजी स्याउसहित एक जना पक्राउ

पर्सा,२८ जेठ  । भन्सार छली गरी अवैधरूपमा ओसारपसार गर्दै लगिएको २०० किलोग्राम स्याउसहित एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भन्सार प्रक्रिया पूरा नगरी चोरी निकासी गरी लैजाँदै गरेको करिब २०० केजी स्याउ बरामद गरेको हो। उक्त स्याउसहित संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा […]

पुरा पढ़नुश

गोदाममा लुकाइछिपाइ राखिएको ६ लाखभन्दा बढीको अवैध मलखाद बरामद

बारा, जेठ २८ । बारा प्रहरीले कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले गोदाममा लुकाइछिपाइ राखिएको नेपाली अनुदानित तथा भन्सार छली गरी भित्र्याइएको भारतीय मलखाद बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रसौनी गाउँपालिका–५, प्रस्टोकामा सञ्चालनमा रहेका विभिन्न पसल तथा सहकारी संस्थामा छापा मारेर ठूलो परिमाणमा मलखाद नियन्त्रणमा […]

पुरा पढ़नुश

टोखाको गार्मेन्टमा भीषण आगलागी, ८ करोड रुपैयाँभन्दा बढीको क्षति

काठमाडौं, जेठ २७।काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा बुधबार बिहान भएको भीषण आगलागीबाट करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार बिहान अन्दाजी २:५२ बजे विद्युत सर्ट भई आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिएपछि नियन्त्रणका लागि ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा […]

पुरा पढ़नुश

धनगढीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ, शंकास्पद सामग्री बरामद

धनगढी, कैलाली,२७ जेठ  । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–५ सत्कार चोक नजिकबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भई हाल धनगढीको सत्कार चोक नजिक डेरा गरी बस्दै आएका २४ वर्षीय साहिल खान रहेका छन्। प्रहरीका अनुसार मंगलबार राति करिब १०:२५ बजे विशेष सूचनाका आधारमा खान बस्दै आएको कोठामा खानतलासी गरिएको […]

पुरा पढ़नुश

बिलबिजकविहीन २६५० किलो आँपसहित पिकअप नियन्त्रणमा, करिब २० लाख बराबरको सामान बरामद

बारा, जेठ २७ ।बारा प्रहरीले बिलबिजक तथा वनस्पति क्वारेन्टाइन प्रमाणपत्र नभएको ठूलो परिमाणको आँपसहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी बरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा खटिएको चेकिङ टोलीले बुधबार  बिहान करिब ७:१५ बजे जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज क्षेत्रमा सवारी जाँचका क्रममा सिरहाबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७८४ नम्बरको […]

पुरा पढ़नुश

बारा ट्राफिकको सफल अनुसन्धान ,हराएको केटीएम ड्युक मोटरसाइकल फेला पारेर धनीलाई बुझाइयो

बारा,२७ जेठ । हराएको मोटरसाइकललाई आवश्यक अनुसन्धानपछि वास्तविक धनीसम्म पुर्‍याउन बारा ट्राफिक प्रहरीले सफलता हासिल गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार मिति २०८३ वैशाख १० गते अस्थायी ट्राफिक प्रहरी पोस्ट प्रसौनीले नियन्त्रणमा लिई थप कारबाहीका लागि कार्यालयमा बुझाएको बा.प्र.०२-०४५ प २५४८ नम्बरको केटीएम ड्युक मोटरसाइकलको विस्तृत अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उक्त मोटरसाइकलको […]

पुरा पढ़नुश

प्रतिबन्धित ७ हजार ४ सय ब्रोइलर चल्लासहित एक जना पक्राउ, पर्सामा सशस्त्र प्रहरीको तस्करी नियन्त्रण अभियान प्रभावकारी

वीरगञ्ज, २७ जेठ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै करिब ७ लाख ४० हजार रुपैयाँ बराबरका ७ हजार ४ सय गोटा ब्रोइलर चल्ला बरामद गरेको हो। सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

अवैध बालुवा उत्खननमा संलग्न ट्याक्टरसहित चालक पक्राउ

वीरगञ्ज, २७ जेठ ।पर्सा प्रहरीले अवैध बालुवा उत्खनन तथा ओसारपसार नियन्त्रण अभियान अन्तर्गत बालुवा लोड गरिएको एक ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ढुवानी भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ना.३ त ६९०१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो। उक्त ट्याक्टरमा लोड गरिएको बालुवा सहित […]

पुरा पढ़नुश

सरकारी सूचना–विज्ञापनमा विभेदकारी निर्णयको विरोधमा पर्सामा पत्रकारहरूको धर्ना

वीरगञ्ज, २७ जेठ । सरकारी सूचना तथा विज्ञापन वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न तथा प्रेसको संवैधानिक हक–अधिकारको संरक्षणको माग गर्दै नेपाल पत्रकार महासंघ पर्साको आह्वानमा जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि धर्ना कार्यक्रम सम्पन्न भएको छ। बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म आयोजित धर्ना कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, पत्रकार तथा सञ्चार क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीको तस्करीविरुद्ध कडा अभियान : ७ लाखभन्दा बढीका अवैध सामान बरामद

वीरगञ्ज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका अवैध सामान बरामद गरेको छ। पछिल्ला तीन दिनमा सञ्चालन गरिएको विभिन्न अपरेशनमार्फत सशस्त्र प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका किराना, कपडा तथा अन्य सामानहरू नियन्त्रणमा लिएर भन्सार […]

पुरा पढ़नुश