ब्राउन सुगरसहित वीरगञ्जबाट दुई युवक पक्राउ

वीरगञ्ज, १५ जेठ । पर्सेली सुरक्षाकर्मीहरुले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै वीरगञ्जबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सशस्त्र प्रहरी बल पर्सा र पर्सा प्रहरीको सन्युक्त नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित क्षेत्रमा गरिएको प्रहरी कारबाहीका क्रममा ०.०९ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा […]

पुरा पढ़नुश

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न दुई ट्याक्टरसहित चालक पक्राउ

बिरगंज, १५ जेठ । पर्सा प्रहरीले अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा ट्याक्टरसहित चालकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ जेठ १५ गते पर्सागढी नगरपालिका–३ स्थित खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले उक्त स्थानबाट बालुवा लोड गरिरहेको अवस्थामा […]

पुरा पढ़नुश

सदस्यता शुद्धीकरण विवादमा महासंघ पर्साको आपत्ति, तालाबन्दी तत्काल खोल्न आग्रह

बिरगंज, १५ जेठ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल ताला खोली संवादमा आउन आग्रह गरेको छ। महासंघका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत शाखाले संस्थाको गरिमा र पत्रकारहरूको साझा प्रतिष्ठामाथि प्रहार हुने गतिविधि अस्वीकार्य भएको जनाएको हो। विज्ञप्तिमा नेपाल पत्रकार महासंघ पर्सा शाखा कुनै व्यक्ति वा समूहको […]

पुरा पढ़नुश

बारामा गाँजासहित महिला पक्राउ

बारा, १३ जेठ । बारा प्रहरीले लागू औषध नियन्त्रण अभियान अन्तर्गत ४ किलो ४ सय ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मिति २०८३ जेठ १३ गते दिउँसो करिब ३:३० बजे अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहको कमान्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका–१४ खयरघारीमा […]

पुरा पढ़नुश

फैसला कार्यान्वयन अभियानमा पर्सा प्रहरीको सफलता : २ फरार प्रतिवादी पक्राउ

वीरगञ्ज, जेठ १३ । जिल्ला प्रहरी कार्यालय पर्साले फैसला कार्यान्वयन अभियानलाई तीव्र बनाउँदै सम्मानित अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका २ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। पर्सा प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जिल्ला पर्सा कालिकामाई गाउँपालिका–५ बस्ने ३६ वर्षीय रंजित राउत कंकर रहेका छन्। उनीमाथि लागू औषध सम्बन्धी मुद्दामा अदालतले १ वर्ष कैद […]

पुरा पढ़नुश

विद्यालयस्तरमै लागुऔषध विरुद्ध जनचेतना : पर्सामा ९१ विद्यार्थीलाई प्रहरीद्वारा प्रशिक्षण

पर्सा, १३ जेठ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१४ स्थित नृसिंह माध्यमिक विद्यालयमा लागुऔषध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। बुधबार बिहान आयोजित कार्यक्रममा कक्षा ९, १० र ११ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा शिक्षिकासहित ९१ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी […]

पुरा पढ़नुश

उत्कृष्ट कार्यसम्पादनका लागि पर्सा प्रहरीका जवान रमेश प्रसाद कुशवाहा “POLICE OF THE MONTH” घोषित

पर्सा, १२ जेठ । जिल्ला प्रहरी कार्यालय पर्सा ले वैशाख महिनाको “POLICE OF THE MONTH” घोषणा गर्दै प्रहरी जवान रमेश प्रसाद कुशवाहालाई सम्मान गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिप राज पाठक ले उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै उनलाई सम्मान प्रदान गर्नुभएको हो। प्रहरी चौकी हात्तिलेट महोत्तरी दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय पर्साको अपराध […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको कडा अपरेशन : वीरगञ्ज भन्सार क्षेत्रबाट डिएसपी अधिकारीको कमान्डमा ११ लाखभन्दा बढीका अवैध सामानसहित सवारीसाधन बरामद

वीरगञ्ज, १२ जेठ । सशस्त्र प्रहरी बल नेपाल पर्साले तस्करी नियन्त्रण अभियानलाई थप आक्रमक बनाउँदै वीरगञ्ज भन्सार क्षेत्रबाट ११ लाखभन्दा बढी मूल्यका अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन भइरहेको विशेष तस्करी नियन्त्रण अभियानअन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सारले विभिन्न सीमावर्ती […]

पुरा पढ़नुश

सीमाबासीलाई आत्मनिर्भर बनाउँदै सशस्त्र प्रहरी : बारामा १५ दिने केश कर्तक तालिम सुरु

बारा, ११ जेठ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., बाराले १५ दिने केश कर्तक (कपाल काट्ने) तालिम सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बलको “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत आयोजना गरिएको उक्त तालिम कलैया उपमहानगरपालिका वडा नं. १० को समन्वयमा सञ्चालन […]

पुरा पढ़नुश

पोखरिया प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा ब्राउन सुगरसहित युवक पक्राउ, पर्सा प्रहरीको लागुऔषध नियन्त्रण अभियान तीव्र

वीरगञ्ज, ११ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध नियन्त्रण अभियानलाई अझ सशक्त बनाउँदै पोखरिया नगरपालिकाबाट ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत उक्त सफलता हासिल भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मिति २०८३ जेठ १० गते राति करिब […]

पुरा पढ़नुश