लागुऔषध नियन्त्रणमा मधेश प्रहरीको कडा कदम: “सेवनकर्ता खोजी एवं सुधार महा-अभियान २०८३” सुरु

जनकपुरधाम ,१९ बैशाख । मधेश प्रदेश प्रहरी कार्यालयले लागुऔषध दुव्र्यसन नियन्त्रण र सुधारका लागि “लागु औषध सेवनकर्ता खोजी एवं सुधार महा-अभियान २०८३” सञ्चालनमा ल्याएको छ। प्रदेशभर फैलिएको यस अभियान अन्तर्गत आठै जिल्लाका प्रहरी प्रमुख तथा मातहतका इकाइहरूलाई ब्रिफिङ गर्दै प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले व्यापक रणनीति सार्वजनिक गरेका हुन्। अभियान अनुसार सीमावर्ती नाकाहरूमा आधुनिक ड्रग […]

पुरा पढ़नुश

फरार अभियुक्तहरू पक्राउ : जबरजस्ती करणी र बैंकिङ कसूरका प्रतिवादी नियन्त्रणमा

वीरगञ्ज, १८ बैशाख । पर्सा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ। जबरजस्ती करणी तथा बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, मिति २०८३ वैशाख १८ गते बिहान करिब १०:०० बजे वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले जबरजस्ती करणी मुद्दाका […]

पुरा पढ़नुश

वीरगञ्जमा त्रिभुवन राजपथ विस्तारका लागि नापजाँच सुरु, सुरक्षामा नेपाल प्रहरी सक्रिय

वीरगञ्ज, १८ बैशाख । वीरगञ्जस्थित शंकाराचार्य गेट देखी गण्डकसम्मको त्रिभुवन राजपथ विस्तार गर्ने योजनाअन्तर्गत सडक नापजाँच कार्य औपचारिक रूपमा सुरु गरिएको छ। सडक विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायहरूले संयुक्त रूपमा नापजाँच प्रक्रिया अगाडि बढाएका हुन्। उक्त कार्यका क्रममा सुरक्षा तथा व्यवस्थापनका लागि नेपाल प्रहरीले सक्रिय रूपमा सहयोग पुर्‍याएको छ। नापजाँचका बेला सम्भावित अवरोध, […]

पुरा पढ़नुश

प्रहरी महानिरीक्षक कार्कीको उपस्थितिमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न

काठमाडौं,१७ बैशाख । नेपाल प्रहरी का प्रहरी महानिरीक्षक दान बहादुर कार्की को प्रमुख आतिथ्यमा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालित अपराध अनुसन्धान सि.प्र.अ. तालिमका प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले आधुनिक अपराधका बदलिँदा स्वरूपसँग जुध्न अनुसन्धान क्षमताको विकास अपरिहार्य रहेको उल्लेख गर्दै वैज्ञानिक, प्रविधिमैत्री र प्रमाणमा आधारित अनुसन्धान प्रणालीलाई […]

पुरा पढ़नुश

१८ वर्षपछि खुल्यो पितृहत्याको रहस्य : आफ्नै बुबाको हत्या गर्ने छोरा चितवनबाट पक्राउ

रौतहट, १७ वैशाख । १८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्ति अन्ततः प्रहरीले पक्राउ गरेको छ। जिल्ला रौतहट साविक जयनगर गाविस वडा नं. ४ (हाल गरूडा नगरपालिका वडा नं. १) निवासी ६५ वर्षीय बिशेश्वर महतो कोईरीको हत्या प्रकरणमा उनका कान्छा छोरा राम बिलास महतो (हाल ४९ वर्ष) लाई प्रहरीले चितवनबाट पक्राउ गरेको […]

पुरा पढ़नुश

किड्नी बिरामीका लागि सशस्त्र प्रहरीका डिएसपी अधिकारीद्वारा रक्तदान, मानवीय सेवाको प्रेरणादायी उदाहरण

लमजुङ, १६ वैशाख । मानवीय सेवाप्रति प्रतिबद्धता देखाउँदै सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वाटर रानीकुवा लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विकास अधिकारीले किड्नीका एक बिरामीलाई रक्तदान गरेका छन्। मंगलबार प्रदेश अस्पताल लमजुङ पुगेर उनले बेसीशहर नगरपालिका–११, चिती निवासी किड्नी रोगबाट पीडित चोलराज विष्टलाई आवश्यक रगत उपलब्ध गराएका हुन्। आकस्मिक अवस्थामा रगत अभाव हुँदा बिरामीको […]

पुरा पढ़नुश

वीरगञ्ज आईसिपीमा कडाइ: नेपाल भित्रिने सवारी साधनमा कडा चेकजाँच

पर्सा, १५ बैशाख ।वीरगञ्ज आईसिपी (ICP )बाट नेपाल भित्रिने सवारी साधनहरूमा पर्सा प्रहरीले कडाइका साथ चेकजाँच सुरु गरेको छ। सीमा सुरक्षा सुदृढ पार्ने, अवैध गतिविधि नियन्त्रण गर्ने तथा नागरिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले विशेष निगरानी बढाइएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भन्सार छली, अवैध सामग्री ओसारपसार, लागूऔषध कारोबार तथा बिना दर्ता सवारी सञ्चालन जस्ता […]

पुरा पढ़नुश

पर्सा पोखरियामा आगलागी तथा विपद् व्यवस्थापन सचेतना कार्यक्रम सम्पन्न

पर्सा, १५ वैशाख । पर्साको पोखरिया नगरपालिका–४ स्थित पोखरिया बजारमा सशस्त्र प्रहरी बल, नेपालले आगलागी तथा विपद् व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। (advrts) वैशाख १५ गते साँझ ४:५० बजे सशस्त्र प्रहरी बल, नेपाल अस्थायी मनसुन प्रतिकार्य बेस पोखरियाबाट स.प्र. ना.उ. कुमार बरालको कमाण्डमा खटिएको १५ जनाको टोलीले उक्त कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा […]

पुरा पढ़नुश

२४ वटा भारतीय इलेक्ट्रिक स्कुटर पक्राउ, १९ लाखभन्दा बढी मूल्यका साधन भन्सारमा बुझाइयो

पर्सा, १४ वैशाख ।भन्सार छली गरी नेपाल भित्र्याइएका भारतीय इलेक्ट्रिक स्कुटरहरू प्रहरी नियन्त्रणमा परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विभिन्न मितिमा सञ्चालनमा रहेका २४ वटा स्कुटर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका तथा आसपासका ग्रामीण वडा क्षेत्रमा अनाधिकृत रूपमा चलाइरहेका ती स्कुटरहरूको अनुमानित मूल्य रु. १९ लाख २० हजार रहेको छ। नियन्त्रणमा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बलमा नयाँ नेतृत्व: नारायणदत्त पौडेल १३औँ आईजीपी नियुक्त

काठमाडौं,१४ बैशाख  । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) मा नेतृत्व परिवर्तन भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई संगठनको १३औँ महानिरीक्षक (आईजीपी) मा बढुवा गर्दै नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त आईजीपी पौडेलले वैशाख १८ गतेपछि औपचारिक रूपमा संगठनको कमाण्ड सम्हाल्नेछन्। हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी सोही […]

पुरा पढ़नुश