२५ वर्ष कैद तोकिएका फरार अभियुक्त पर्साबाट पक्राउ

पर्सा, १४ वैशाख । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३ वैशाख १३ गते दिउँसो करिब ३:०० बजे वीरगञ्ज महानगरपालिका–२४ रामगढवा क्षेत्रबाट लुकिछिपी बस्दै आएका ३० वर्षीय विकास […]

पुरा पढ़नुश

हरपुरमा विशाल ईज्तिमा शान्तिपूर्ण रूपमा सम्पन्न: बारा प्रशासनको कुशल नेतृत्वमा भयरहित र व्यवस्थित आयोजना

बारा, १४ बैशाख। जिल्ला प्रशासन कार्यालय बारा र सुरक्षा निकायको समन्वय तथा कुशल नेतृत्वमा बाराको हरपुरस्थित ईज्तिमागाहमा आयोजित विशाल धार्मिक सभा (ईज्तिमा) शान्तिपूर्ण, व्यवस्थित र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। लाखौं मुस्लिम धर्मावलम्बीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले धार्मिक सहिष्णुता, एकता र आपसी सद्भावको सशक्त सन्देश प्रवाह गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार […]

पुरा पढ़नुश

प्रतिबन्धित चल्ला ३ लाख बराबरको ३६ कार्टुनसहित बरामद, खाडल खनेर नष्ट

पर्सा, १३ बैशाख । पर्साको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित ब्रॉयलर कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ। बैशाख १३ गते बिहान करिब ०३:४५ बजे पर्साको विन्दवासिनी गाउँपालिका–३ स्थित छटियाघाट सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत बीओपी अमरपट्टीबाट खटिएको टोलीले उक्त चल्ला बरामद गरेको हो। सशस्त्र प्रहरी निरीक्षक कमल बहादुर रावतको कमाण्डमा […]

पुरा पढ़नुश

सुकुम्बासी बस्तीमा डोजर प्रयोगप्रति एमाले नेता महेश बस्नेतको आपत्ति

काठमाडौं ,१३ बैशाख । नेकपा (एमाले) का नेता महेश बस्नेत ले सुकुम्बासी बस्तीमा भइरहेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत वर्तमान कार्यशैलीलाई “विकास” को नाममा युद्धकालीन शैलीमा सञ्चालन गरिएको भन्दै आलोचना गरेका हुन्। बस्नेतले बस्ती खाली गराउने क्रममा प्रहरी बलको प्रयोग र डोजर परिचालनले पीडितहरूको आवाज दबिएको उल्लेख गर्दै यस्तो अभ्यास कुनै पनि […]

पुरा पढ़नुश

ओभरलोड तथा कागजातविहीन १३ टिपर नियन्त्रणमा, अनुसन्धान शुरु:प्रवक्ता बोगटी ।

मकवानपुर, १३ बैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ओभरलोड तथा आवश्यक कागजातविहीन १३ वटा टिपर नियन्त्रणमा लिएको छ। बैशाख १२ गते साँझ करिब ६:१० बजे मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिका–१९ नेवारपानी क्षेत्रमा विशेष चेकजाँचका क्रममा ती सवारी साधन नियन्त्रणमा लिएको हो। मनहरीबाट हेटौडा बजारतर्फ आउँदै गरेका टिपरहरूलाई जाँच गर्दा चुनढुंगा ओभरलोड भएको तथा आवश्यक बिलसमेत नभेटिएपछि […]

पुरा पढ़नुश

बागमती किनारका सुकुम्बासी बस्ती स्थानान्तरणमा नेपाल प्रहरीको सक्रिय सहयोग,प्रहरी हाम्रो साथी हो” भन्ने नारालाई व्यवहारमा उतार्दै प्रहरी 

रसीद आलम ,काठमाडौं,१२ बैशाख ।  बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारहरूको सुरक्षित स्थानमा व्यवस्थापनसहित स्थानान्तरण गर्ने कार्यमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गरेको छ। “प्रहरी हाम्रो साथी हो” भन्ने नारालाई व्यवहारमा उतार्दै प्रहरी टोलीले जमिन स्तरमै सहजीकरण, सुरक्षा व्यवस्थापन तथा मानवीय सहयोग प्रदान गरेको हो। बागमती नदी किनारका बस्तीहरू वर्षेनी बाढी, […]

पुरा पढ़नुश

बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न पर्साको पोखरियामा ट्राफिक सचेतना अभियान तीव्र

पर्सा,१२ बैशाख  । जिल्लामा पछिल्लो समय बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले पोखरिया बजार क्षेत्रमा ट्राफिक सचेतना अभियानलाई तीव्र बनाइएको छ। ईलाका प्रहरी कार्यालय पोखरियाले बजारका विभिन्न मुख्य स्थानहरूमा ट्राफिक सचेतनामूलक बोर्डहरू राख्नुका साथै व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। प्रहरीका अनुसार सडक सुरक्षालाई प्राथमिकतामा राख्दै चालक, सहचालक, मोटरसाइकल चालक तथा पैदल यात्रुहरूलाई लक्षित […]

पुरा पढ़नुश

बाढी जोखिममा रहेका नदीकिनार बस्ती तत्काल स्थानान्तरण गरिने तयारी भइरहेको: प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं ,१२ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा बसोबास गर्दै आएका जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् हरेक वर्ष दोहोरिने बाढीको जोखिमबाट नागरिकको ज्यान जोगाउन अब ढिलाइ गर्न नहुने स्पष्ट पारेका हुन्। प्रधानमन्त्री शाहले विगतमा प्रत्येक वर्ष बाढीका कारण हजारौँ नागरिकले ज्यान […]

पुरा पढ़नुश

बिना भन्सारका १३ वटा इलेक्ट्रिक स्कुटर बरामद, कारवाहीका लागि भन्सार बुझाउने प्रक्रियामा ।

पर्सा, १२ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले बिना भन्सार नेपाल भित्र्याइएका १३ वटा इलेक्ट्रिक स्कुटर बरामद गरेको जनाएको छ। शुक्रवार (मिति २०८३।०१।११) का दिन जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित चेकजाँचका क्रममा ती भारतीय नम्बर प्लेटविहीन स्कुटरहरू फेला पारिएको प्रहरीले जानकारी दिएको हो। प्रहरीका अनुसार अवैध रूपमा भित्र्याइएका उक्त स्कुटरहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीका […]

पुरा पढ़नुश

सीमानाकाबाट अवैध घुसपैठ रोक्न कडाइ : पर्सा प्रशासनको विशेष निगरानी अभियान सुरु

पर्सा, ११ वैशाख ।जिल्ला प्रशासन कार्यालय पर्सा ले सीमावर्ती क्षेत्रबाट हुने सम्भावित अवैध घुसपैठ नियन्त्रण गर्न विशेष निगरानी अभियान सुरु गरेको छ। राष्ट्रिय सुरक्षा र अमन–चयन सुदृढ गर्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मिति २०८३/०१/१० गतेदेखि यो अभियान कार्यान्वयनमा ल्याइएको हो। प्रशासनका अनुसार, धार्मिक, सामाजिक तथा आर्थिक उद्देश्य बोकी विदेशी नागरिकहरू अवैध रूपमा प्रवेश गर्ने […]

पुरा पढ़नुश