जोखिमपूर्ण संरचनामा व्यापार नगर्न पर्सा प्रशासनको कडा चेतावनी

वीरगञ्ज, ११ बैशाख । वीरगञ्जको मुख्य सडक (मेनरोड) क्षेत्रमा दायाँ–बायाँका घर तथा टहराहरू भत्काइएपछि संरचना कमजोर बनेकाले त्यस्ता जोखिमपूर्ण स्थानमा व्यापार व्यवसाय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ। सडक डिभिजन कार्यालय, हेटौंडाको कार्यक्रमअनुसार मिति २०८३ वैशाख ६ गते मितेरी पुलदेखि गण्डक चौकसम्म निर्धारित सीमाभित्र पर्ने घर–टहराहरू हटाइएको थियो। अधिकांश घरधनीहरूले स्वस्फूर्त रूपमा […]

पुरा पढ़नुश

बिना नम्बर प्लेटका १४ थान भारतीय ई–स्कुटर वीरगञ्जबाट बरामद, ११ लाख बढी मूल्यका सवारी नियन्त्रणमा

बिरगञ्ज, ११ बैशाख। पर्साको वीरगञ्जमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका भारतीय ई–स्कुटरहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बैशाख १० गते जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेनगेट क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलको चेकप्वाइन्ट टोलीले भारतबाट भन्सार प्रक्रिया पूरा नगरी नेपालतर्फ ल्याइँदै गरेका १४ थान इलेक्ट्रिक स्कुटर बरामद गरेको हो। बरामद […]

पुरा पढ़नुश

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघ पर्साको ज्ञापनपत्र

पर्सा, १० बैशाख । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सरकारी विज्ञापनसम्बन्धी हालै जारी परिपत्रप्रति आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ। महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको उक्त ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट २०८२ चैत १८ गते जारी परिपत्रले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयप्रति […]

पुरा पढ़नुश

बिरगंज शंकराचार्य गेट सीमामा कडा चेकजाँच :अनाधिकृत व्यक्तिको प्रवेश तथा अवैध घुसपैठ नियन्त्रण गर्न कडा सुरक्षा व्यवस्था

पर्सा, १० वैशाख । पर्साको वीरगञ्जस्थित शंकराचार्य गेट सीमा नाकामा अनाधिकृत व्यक्तिको प्रवेश तथा अवैध घुसपैठ नियन्त्रण गर्न कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। पर्सा प्रहरी, अध्यागमन कार्यालय पर्सा तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा क्षेत्रमा सघन चेकजाँच सुरु गरेको हो। सुरक्षा निकायका अनुसार सीमा वारपार गर्ने व्यक्तिहरूले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात बोकेको […]

पुरा पढ़नुश

वीरगञ्ज स्थित समर होटल एण्ड लजको कोठा नं. १०५ बाट प्रतिबन्धित लागू औषधसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज ,८ बैशाख । जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–८ लिंक रोडस्थित समर होटल एण्ड लजको कोठा नं. १०५ बाट प्रतिबन्धित लागू औषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा मिति २०८३ वैशाख ६ गते राति करिब २१:५५ बजे खटिएको प्रहरी टोलीले उक्त होटलमा लागू औषध ओसारपसारमा संलग्न शंकास्पद व्यक्ति रहेको सूचनापछि कानुनी प्रक्रिया पूरा […]

पुरा पढ़नुश

वीरगञ्जमा ६ केजीभन्दा बढी गाँजासहित ४ भारतीय नागरिक पक्राउ

वीरगञ्ज,८ बैशाख  । जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। वैशाख ७ गते बिहान करिब ०८:२० बजेको समयमा प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले सीमा क्षेत्रमा पैदल आवतजावत गर्ने यात्रु तथा सवारी साधनहरूको जाँच गर्ने क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी जवान सवारी दुर्घटनामा घाइते, उपचार जारी

बारा, ७ वैशाख । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बारामा दरबन्दी भई बि.ओ.पि. बरैनिया, बारामा कार्यरत एक सशस्त्र प्रहरी जवान सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। सोमबार राति करिब १२:१५ बजे जिल्ला बारा प्रसौनी गाउँपालिका–३ स्थित गण्डक चौकमा मोटरसाइकल दुर्घटना हुँदा सप्रबह इन्द्र बहादुर रमौली घाइते भएका हुन्। उनी मिति २०८३ […]

पुरा पढ़नुश

सीमामा भन्सार कडाइ: राजस्व संरक्षण र जनसहजताबीच सन्तुलन खोज्दै सशस्त्र प्रहरी

मधेस प्रदेश , ७ बैशाख । नेपाल सरकारले सीमापार व्यापारमा रू १०० भन्दा माथिका वस्तुमा अनिवार्य भन्सार कर तिर्नुपर्ने प्रावधानलाई कडाइका साथ कार्यान्वयनमा ल्याएसँगै सीमाक्षेत्रमा नयाँ बहस सुरु भएको छ। धेरैले यसलाई नयाँ नियमका रूपमा बुझे पनि यो विगतदेखि नै रहेको प्रावधानको प्रभावकारी कार्यान्वयन मात्र भएको सरकारी अधिकारीहरू बताउँछन्। सीमामा सशस्त्र प्रहरी बलले निगरानी बढाएपछि […]

पुरा पढ़नुश

वीरगंजमा २५/२५ मिटर सडक सीमा कार्यान्वयन सुरु हुने संकेत, महानगरद्वारा शान्ति सुरक्षाको माग

वीरगंज,५ बैशाख  । वीरगंजको मुख्य सडक आसपासका भौतिक संरचना हटाउने प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ। सम्मानित सर्वोच्च अदालत को मिति २०८१ फागुन २८ गतेको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायहरू सक्रिय बनेका हुन्। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं तथा सडक डिभिजन कार्यालय हेटौंडा ले वीरगंज महानगरपालिकासँग समन्वय गर्दै त्रिभुवन राजपथअन्तर्गत मितेरी पुलदेखि गण्डक […]

पुरा पढ़नुश

१९औं स्थापना दिवसमा सशस्त्र प्रहरी पर्साद्वारा रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज, ५ वैशाख — सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले आफ्नो १९औं स्थापना दिवस २०८३ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित गण मुख्यालय परिसरमा आयोजित उक्त कार्यक्रम सशस्त्र प्रहरी नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा, वीरगञ्जको सहकार्यमा सम्पन्न भएको हो। […]

पुरा पढ़नुश