जेनजी आन्दोलनको क्रममा घरमा तोडफोड र आगजनीको आरोपमा रंजन सिंह जेल चलान

पर्सा ,२० असोज। जेनजी आन्दोलनको क्रममा वीरगञ्ज महानगरपालिका–३ स्थित अनिशमान सिंहको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा रंजन सिंह राजपुत पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत पर्साले आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा राजपुतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। न्यायाधीश सरिता रायमाझीको एकल इजलासले उनलाई वीरगञ्ज कारागार पठाउने आदेश दिएको […]

पुरा पढ़नुश

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी दर्ता

काठमाडौ , २० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा भ्रष्टाचार सम्बन्धी मधेश प्रदेशसँग सम्बन्धित १० हजार ७४६ उजुरी दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले सोमबार मधेस प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसक्षम प्रस्तुत गरेको ३६औँ वार्षिक प्रतिवेदनअनुसार देशभर दर्ता भएका कुल ४० हजार ८४२ उजुरीमध्ये मधेस प्रदेशको मात्रै २६.३१ […]

पुरा पढ़नुश

लालबन्दी किराना पसलबाट १० लाख चोरी : आरोपी काठमाडौंबाट पक्राउ

सर्लाही ,२० असोज। सर्लाही लालबन्दी नगरपालिका–७ स्थित किराना पसलबाट १० लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा बस्दै आएका ३६ वर्षीय हिरालाल ब्लोन रहेका छन्। पसलमा राखिएको नगद चोरी गरी फरार रहेका ब्लोन काठमाडौंमा लुकिछिपी बसेको सूचना पाएपछि […]

पुरा पढ़नुश

चाडपर्व लक्षित सुरक्षा योजना कडा, पर्सामा विशेष निगरानी र गस्ती बढाइयो

वीरगञ्ज ,२० असोज । नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण, मर्यादित, सौहार्दपूर्ण एवं उल्लासमय वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा प्रहरी प्रमुख एसपी पवन कुमार भट्टराईको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वको समयमा हुने अत्यधिक मानिसको आवतजावत, बजार तथा व्यापारिक क्षेत्रमा बढ्ने […]

पुरा पढ़नुश

पर्सामा तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको कडा प्रहार, ५ लाखभन्दा बढीको अवैध सामानसहित दुई मोटरसाइकल नियन्त्रणमा

वीरगञ्ज ,२० असोज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली तथा अवैध चोरी–पैठारी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सीमाक्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गरिएसँगै भन्सार छली नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको सामान नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौ […]

पुरा पढ़नुश

बारामा सशस्त्र प्रहरीको कडा निगरानी : ३ लाख ३८ हजारको अवैध सामान बरामद

बारा ,२० असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गत बि.ओ.पि. बरैनियाले भन्सार छली भारतबाट नेपालतर्फ ल्याइँदै गरेको रु. ३ लाख ३८ हजार १८० बराबरको विभिन्न सामान बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार २०८३ असोज २० गते बिश्रामपुर गाउँपालिकाका विभिन्न स्थानमा बि.ओ.पि. बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीको कमाण्डमा खटिएको ५ जनाको […]

पुरा पढ़नुश

जनमत पार्टी पर्साको प्रवक्तामा शाहनवाज राकि नियुक्त

वीरगञ्ज,२० असोज  । जनमत पार्टी पर्साले पार्टीको जिल्ला प्रवक्तामा शाहनवाज राकिलाई नियुक्त गरेको छ। जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफद्वारा जारी विज्ञप्तिमा पार्टीको विधान तथा नीति–नियमअनुसार राकिलाई जिल्ला प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ। पार्टीप्रति राकीले पुर्‍याएको योगदान, लगनशीलता तथा सक्रियताको उच्च मूल्याङ्कन गर्दै उनलाई प्रवक्तामा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ। नवनियुक्त प्रवक्ता राकिले जनमत […]

पुरा पढ़नुश

संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरी एआईजी दाहाल निलम्बित

काठमाडौं ,१९ असोज । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट तथा पदीय आचरणविपरीत कार्य गरेको आरोपमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो। गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बल, नेपालबाट दाहालमाथि कारबाही गर्न सिफारिस प्राप्त भएपछि मन्त्रालयले उक्त विषयमा आवश्यक छानबिन अघि बढाएको […]

पुरा पढ़नुश

बिलबिजकबिनाका ६३ थान मोबाइलसहित चितवनमा दुई जना पक्राउ, भन्सारबाट फिर्ता आएपछि थप कारबाहीको तयारी

चितवन,१९ असोज  । चितवन प्रहरीले बिलबिजकबिना बिक्री–वितरण तथा ओसारपसार भइरहेको अवस्थामा ठूलो परिमाणमा मोबाइल फोन बरामद गरेको छ। प्रहरीले विभिन्न ब्रान्डका ६३ थान मोबाइल तथा १ थान आइप्याडसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ असोज १८ गते साँझ करिब ६ बजे भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकमा बिलबिजकबिना मोबाइल बिक्री–वितरण भइरहेको सूचनाका […]

पुरा पढ़नुश

पर्सामा एसपी भट्टराईको तस्करी नियन्त्रण अभियान तीव्र, १० लाख बढीका भन्सार छलीका सामान बरामद

वीरगञ्ज,१९ असोज  । पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले तस्करी तथा भन्सार छली नियन्त्रणमा कडाइ गरेसँगै पर्सा प्रहरीले अवैध रूपमा भित्र्याइएका विभिन्न सामानमाथिको निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। प्रहरीले वीरगञ्जका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा एकैदिन करिब १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका भन्सार छली तथा […]

पुरा पढ़नुश