काठमाडौंमा सशस्त्र प्रहरीको ठूलो सफलता: ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ

समाचार

काठमाडौं, साउन ३ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुङ्गे अड्डा र नैकाप क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले विशेष अपरेशन सञ्चालन गर्दै ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ।

सशस्त्र प्रहरीको टोलीले आइतबार  (साउन ३ गते) लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

सशस्त्र प्रहरीका अनुसार लागूऔषधको अवैध कारोबार नियन्त्रणका लागि राजधानीसहित देशभर विशेष निगरानी र अपरेशनलाई अझ प्रभावकारी बनाइएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *