काठमाण्डौं, साउन १६ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १६ गते विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालको अगुवाइमा सम्पन्न सो अन्तरक्रियामा सहभागी प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा सुरक्षा निकायसँगको सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँहरूले विपद्का समयमा हुने जनधनको क्षति न्यूनीकरण गर्न सबै तहका सरकार, राजनीतिक दल तथा सुरक्षाकर्मीबीच प्रभावकारी समन्वय हुनु पर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा गर्दै आएको भूमिका र भविष्यको रणनीतिसमेत प्रस्तुत गरिएको थियो ।
