पर्सामा श्रोत नखुलेको १० लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउ
पर्सा, २० पुस। पर्सा प्रहरीले श्रोत नखुलेको रु. १० लाख २ हजार १० रुपैयाँ बराबरको हुण्डी रकमसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा मिति २०८२।०९।१८ गते जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका–३ गडैयाटोलस्थित सडकखण्डबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो। […]
पुरा पढ़नुश